logo

कुमारी र एनसिसी बैंकबीच मर्जर सम्झौता

    796   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच मर्जर सम्झौता भएको छ । एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कुमारी बैंकका अनुसार सम्झौताबमोजिम दुवै बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्जरपछि पनि एनसिसीका हालका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल नै सिइओ हुनेछन् भने बैंकको नाम कुमारी नै रहनेछ । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसिसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । जसअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रूप पाउन लागेको हो ।दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा दुई खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

कर्मचारी कटौतीका लागि दुवै बैंकमा स्वैच्छिक अवकाश योजना ल्याइने बताइएको छ । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९ सय कर्मचारी छन् । एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या तीन सय ५५ पुग्नेछन् । गत आर्थिक वर्षसम्म कुमारी बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ७७ करोड ३९ लाख रुपैयाँ छ ।

त्यस्तै, एनसिसी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा दुई अर्ब दुई करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।