logo

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २९ अर्ब रुपैयाँ

    749   पटक पढिएको

७ असोज/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।
विबहीबार राष्ट्र बैंकले तरलता अभाव बढ्दै गएपछि ट्रेजरी बिल सोझै खरिदमार्फत ४० अर्ब रुपैयाँ तरलता प्रणालीमा पठाउन बोलकबोल आह्वान गरेको थियो ।
शुक्रबार निष्कासन हुने गरी भएको बोलकबोलमा बैंकहरुले ब्याजदर दोहोरो अंकसम्म पु¥याएपछि २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ ।
बैंकहरुले आफूसँग भएको ट्रेजरी बिल दिएर १७ बैंकले ४६ अर्ब ९९ करोड ५० लाख रुपैयाँ तरलता माग गरेका थिए । तर, राष्ट्र बैकले भने २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल खरिद गरेर प्रणालीमा तरलता पठाएको छ ।
सो आउट राइट पर्चेजको औसत ब्याजदर ८.४७१० कायम हुँदा अधिकतम १०.७४१० र न्यूनतम ७.०२९३ प्रतिशतमा केन्द्रीय बैंकले खरिद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।