logo

एनएमबी बैंकद्वारा ‘एक प्रदेश एक महिला’ ब्रान्च घोषणा

    730   पटक पढिएको

७ भदौ/अर्थ र व्यापार – एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ ।
बैंकले राजधानीमा आयोजित ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रमको अवसरमा सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो । तर हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा एक महिला ब्रान्च घोषणा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला ब्रान्च घोषणा गरेका हुन् । यी ब्रान्चहरुमा ब्रान्च म्यानेजरदेखि सम्पूर्ण स्टाफ महिला मात्र हुनेछन् ।
घोषणा अनुसार बागमती प्रदेशको बल्खु ब्रान्चमा प्रफुल्ला मानन्धर रहेकी छन् भने प्रदेश नम्बर १ को ब्रान्च म्यानेजर टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरी शाखामा मालिका ठाकुर, गण्डकी प्रदेशको चौथो शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा सिता भुसाल र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा नन्दकुमारी भण्डारी ब्रान्च म्यानेजर रहेका छन् ।
बैंकका अनुसार कर्णाली प्रदेशमा भने तीनवटा मात्र ब्रान्च रहेका हाललाई महिला ब्रान्च तोकिएको छैन् । देशभर एनएमबी बैंकका २०१ शाखा कार्यालय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।