logo

मोबाइल बैंकिङमा नेपालीको आकर्षण बढ्यो, एकवर्षमै १२ खर्ब १० अर्ब रुपैयाँको भुक्तानी

    692   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार – नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आफ्ना सेवाहरु सरल तरिकाले उपलब्ध गराउनका लागि छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् ।
जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरुको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी मोबाईल बैंकिङबाट मात्रै १२ खर्ब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको साउन १ गतेदेखि असार मसान्तसम्म मोबाइल बैंकिङ सेवाको प्रयोग गरी सेवाग्राहीले उक्त भुक्तानी गरेका हुन् ।
यस अवधिमा मोबाइल बैंकिङबाट १८ करोड १५ लाख ४५ हजार पटक भुक्तानी भएको देखिन्छ । १ बर्षमा मोबाइल बैंकिङमार्फत भएको झुक्तानीलाई महिनागत तुलनामा हेर्दा सबैभन्दा बढी भुक्तानी असार महिनामा भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार असार महिनामा मात्रै मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

यस्तो भुक्तानी अघिल्लो महिना जेठमा भने जम्मा १ खर्ब २१ अर्व रुपैयाँमा सिमित थियो । यसरी हेर्दा प्रत्येक महिना मोबाइल बैंकिङमार्फत हुने भुक्तानी बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षभरी क्युआर कोडमार्फत ९४ अर्ब ५० करोड ८० लाख, वालेट मार्फत १ खर्ब ८४ अर्ब र ईकमर्शका लागि ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यसले सरकारको नगद करोबार हटाउने अभियानलाई निकै साथ दिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले यसलाई सकारात्मक रुपमा लिएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।