logo

सिटिजन्स बैंकको १० गुणा प्रतिफल पाइँने ‘सिटिजन्स चिरायु मुद्धती योजना’

    770   पटक पढिएको

२२ साउन/अर्थ र व्यापार – सिटिजन्स बैंकले शनिबारबाट थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता संचालनमा ल्याएको छ ।
यी मुद्धती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्ले भन्ने एक कार्यक्रमका बिच शनिबारदेखि नै लागु भएको घोषणा गरेका हुन ।
शाखा प्रबन्धकहरु त्था बरिष्ट व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैकंलाई अब्बल बनाउने घाोषणा गरे ।
सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्र्तगत गा्रहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पछि एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
यसैगरि, रेमिट्यान्स चिरायु मुद्धती योजना ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पछि एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम ५० हजार रुपैयाँ मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।