logo

एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतको बढ्यो, लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश

    640   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – एनएबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ पुर्याएको हो । एक वर्षको अवधिमा बैंकले करिब १ अर्ब रुपैयाँ खुद नाफा बढाएको हो ।
बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १४.६५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
बैंकले गत आवको असार मसान्तसम्म १ खर्ब ८४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.७५ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ १४ पैसा र मुल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.३३ प्रतिशत, सीडी रेसियो ८७.७५ प्रतिशत, बेसरेट ९.३८ प्रतिशत र स्प्रेडरेट ४.०५ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।