logo

माछापुच्छ्रे बैंकद्वारा बिमाबापत ग्राहकलाई ७ लाख बिमा रकम प्रदान

    829   पटक पढिएको

१२ साउन/अर्थ र व्यापार– माछापुच्छ्रे बैंकले आफनो तलबी खातामा रहेको बिमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेको उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बिमा सुविधाअन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात् उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बिमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि विभिन्न समयमा आप्mनो स्मार्ट तलब बचत खाताअन्र्तगत विभिन्न ग्राहकलाई बिमा रकम भुक्तानी गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, १ लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र १० हजार रुपैयाँसम्मको औषधि खर्चजस्ता सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १ सय ६७ शाखारहित बैंकिङ सेवा, २ सय ७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।