logo

साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा

    728   पटक पढिएको

५ साउन/अर्थ र व्यापार– गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजीको नपुग्दा आब २०७७/०७८ को मुनाफाबाट लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउँदा बैंकको गत आबमा चुक्ता पुँजी बढेको छैन ।
जसले गर्दा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आबमा २८ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ । यसैगरि, बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७६ पैसाबाट बढेर २१७ रुपैयाँ ५२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार नुहुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो ।
अघिल्लो आमा ३.७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४.४ पुगेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी नै बढेको हो । गत आबमा बैंकको निक्षेप दुई खर्ब ८७ अर्ब दुई करोड ४८ लाखबाट एक प्रतिशतले २ खर्ब ८९ अर्ब ९० करोड ४० लाखबाट पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ४८ अर्ब ७७ करोड ४ बाट १.४८ प्रतिशतले बढेर दुई खर्ब ५२ अर्ब ४४ करोड ३५ लाख पुगेको छ ।
तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा ९ अर्ब २२ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा ११ अर्ब ७७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ ।
यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटाएको छ । अघिल्लो आबमा एक अर्ब २२ करोड ५६ लाख प्रोभिजन गरेको बैंकले गत आबमा ८७ करोड दुई लाख मात्रै प्रोभिजन गरेको छ ।
गत आबमा खुद ब्याज आम्दानी सँगै अन्य आम्दानी पनि बढेको बैंकको प्रोजिभन घटेको छ । जसले गर्दा खर्च उल्लेख्य रुपमा बढे पनि बैंकको सञ्चालन मुनाफा बढेको छ ।
बैंकको सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४० करोड ९९ लाख पुगेको छ । बैंकको अघिल्लो आबमा ४ अर्ब ७९ करोड ८२ लाख पुगेको छ । ११ अर्ब ५६ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको सेयरधनी सञ्चित कोषमा चार अर्ब ५४ करोड १७ लाख र जगेडाकोषमा १० अर्ब ८८ लाख रहेको छ ।
असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.८४ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत पुगेको छ । निष्कृय कर्जा ०.५ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १२.४७ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षका बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।