logo

निलम्बित गभर्नर अधिकारीको पक्षमा कर्मचारीले गरे कोणसभा

    799   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार –निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा राष्ट्र बैंकका कर्मचारीहरुले  केन्द्रीय कार्यालय परिसरमा कोण सभा गरेका छन् ।
राष्ट्र बैंक जस्ता स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै उनीहरुले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै सरकार विरुद्ध कालो ब्यानर सहित कोण सभा गरेको थियो ।
सरकारको यस्तो निणर्य विरुद्ध अहिले राष्ट्र बैंक कर्मचारी संघमा आवद्ध कर्मचारीहरु आन्दोलित भएका हुन । आइतबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले सरकारी कदमको विरोध जनाएका थिए ।
राष्ट्र बैंक कर्मचारी संघले कोणसभा गरेर गभर्नरमाथिको कारबाहीलाई स्वायत्त संस्थामाथिको गैरकानुनी हस्तक्षेपको संज्ञा दिएको बताएको छ । हाल गभर्नरमाथि लागेको निराधार आरोप फिर्ता गर्न र संकट उन्मुख अर्थतन्त्रको उद्धारका लागि पनि सरकारले विशेष नीति तर्जुमा गर्ने वातावरण बनाउन भन्दै कर्मचारीले यस्तो कार्यक्रम गरेको सो संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।