logo

बैंक /वित्तीय संस्थाले बैशाख महिनामा पनि ब्याजदर नबढाउने

    896   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाले आगामी बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् । बैंक÷वित्तीय संस्थाका छाता संस्था बैंकर संघ र विकास बैंक संघ लगायतहरुले आइतबार यस्तो निर्णय गर्दै आगामी बैशाख महिनामा पनि चैत कै ब्याजदरलाई निरन्तरता दिने सहमती गरेका हुन् ।
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार सम्पन्न बैंठकले आगामी महिनाका लागि पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । हाल कायम रहेको मुद्दती निक्षेपको उच्चतम ब्याजदर ११.०३ प्रतिशत बैंशाख महिनाका लागि पनि कायम गर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए ।
ब्याजदर बढाएर पनि नयाँ निक्षेप नआउने भएकाले परिवर्तन नगर्ने निर्णय भएको जानकारि गराउँदै केसीले भने, ‘बढाउने नबढाउने विषयमा अन्य सहभागिहरुले पनि केही नभनेपछि स्थिर राख्ने निर्णयमा सबै सहमत भएको हो ।’
बैंकर्स संघले ब्याजदर नवढाउने निर्णय गरेपछि विकास बैंकर्स संघले पनि ब्याजदर नवढाउने भएको छ । विकास बैंकहरुले पनि बैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशत नै कायम गर्ने बताउदै डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्यूमन पाख्रेलले भने,‘बाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएपछि विकास बैंकहरुको पनि बढ्दैन ।’
यसैगरी, फाइनान्स कम्पनीहरुले पनि आगामी महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बाणिज्य तथा विकास बैंकले ब्याजदर नबढाएपछि फाइनान्स कम्पनीले पनि नबढाउने नै निर्णय हुने एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । फाइनान्स कम्पनीहरुले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर चैत महिनाकै ११.७१ प्रतिशतलाइ निरन्तरता दिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।