logo

एनएमबि सरल बचत फण्ड–इ ले कमायो २ करोडभन्दा बढी नाफा

    872   पटक पढिएको

१२ फागुन/अर्थ र व्यापार– एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले माघ मसान्तसम्ममा २ करोड ६ लाख ७० हजार रुपैयाँ नाफा गरेको छ । पुस मसान्तसम्म ३ करोड ४३ लाख ५९ हजार रुपैयाँ नाफा गरेको यस योजनाले माघ महिनामा भने कम नाफा गरेको हो । यो महिना योजनाको आम्दानी घटेको छ । यो अवधीमा खर्च बढेको छ ।
पुस मसान्तसम्म ४ करोड ५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने २ करोड ७८ लाख रुपैयाँ भन्दा बढी मात्र आम्दानी गरेको छ । यसैगरि, पुस मसान्तसम्म ६२ लाख ३४ हजार रुपैयाँ खर्च गरेको योजनाले माघ मसान्तसम्म भने ७१ लाख ३९ हजार रुपैयाँ खर्च गरेको सो बैंकले जनाएको छ ।
माघ मसान्तसम्म योजनाले धितोपत्रमा कमिसन सहित ३२ करोड ७३ लाख २२ हजार रुपैयाँ लगानी गरेको छ । योजनाको लगानीको बजार मूल्य भने ३४ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेको सो बैंकले जनाएको छ ।
यसैगरि, यस योजनाको धितोपत्रमा भएको लगानीको लागत मूल्य भन्दा बजार मूल्य बढी रहेको हो । बैंक मूद्दती निक्षेपमा योजनाले माघ मसान्तसम्म ८ करोड रुपैयाँ लगानी गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाको हाल ५ करोड ५० लाख २४ हजार ८२९ दशमलव २९ कित्ता इकाई कायम रहेको छ । यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पुस मसान्तसम्म १० दशमलव ६२ रुपैयाँ रहेकोमा माघ मसान्तसम्म १० दशमलव ३८ मा झरेको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।