logo

एनएमबी बैंक र रेमिट हाइड्रोबीच परियोजना लगानी समझदारी पत्रमा हस्ताक्षर

    893   पटक पढिएको

५ फागुन/अर्थ र व्यापार – एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवद्र्घित आयोजना हो । रेमिट हाइड्रो लिमिटेडको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ता लगानी रहनेछ । एनएमबी बैंकले समझदारी पत्रमा हस्ताक्षरपछि अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सहवित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने सो कम्पनीले जनाएको छ ।
घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने जानकारी गराइएको छ । एनएमबी बैंकले हालसम्म ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट जारी वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनको निर्देशनअनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया–२०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाबाट चारपटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।