logo

बैंकहरूको खुद मुनाफा झन्डै १२ प्रतिशतले बढ्यो, ग्लोबल आईएमई बैंक नम्बर वान बन्यो  

    986   पटक पढिएको

७ माघ/अर्थ र व्यापार– चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्थाले यस अवधिमा व्यवसाय विस्ता गर्दै नाफा बढोत्तरी गरेका हुन् ।
शुक्रबार प्रकाशित २३ वाणिज्य बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
सो अवधीमा २३ बैंकले कुल २९ अर्ब ५९ करोड ३४ लाख ७४ हजार रूपैयाँ खुद नाफा गरेका हुन् । जुन गत आवको पुस मसान्तसम्म उनीहरूले गरेको खुद नाफा २६ अर्ब ५० करोड ६२ लाख ५६ हजार रूपैयाँभन्दा ११.६५ प्रतिशत बढी हो ।
चालु आवको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक नाफमा पनि नम्बर वान बैंकको रुपमा देखिएको छ । ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले आफ्नो नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल
२ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिक गत पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । यो सबै बैंकहरुको भन्दा बढी नाफा हो । 
सो वित्तीय विवरण अनुसार ग्लोबल आईएमई, एनआईसी एशिया र नबिल बैंकले ६ महिनामै २ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । यी मध्ये एनआईसी एशियाले मंसिर मसान्तमै २ अर्ब नाफा गरेको थियो । पुस मसान्तसम्म ग्लोबलले सबैभन्दा बढी २ अर्ब ६६ करोड, एनआईसीले २ अर्ब ४० करोड र नबिलले २ अर्ब १७ करोड रूपैयाँ नाफा गरेको हो ।
यसैगरि, थप ११ बैंकले १ अर्ब रूपैयाँ भन्दा बढी नाफा गरेका छन् । पुस मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ भने बढी नाफा कमाउने पाँचौं बैंक प्राइम कमर्सियल बैंक हो । सो बैंकको नाफा १ अर्ब ६७ करोड रुपैयाँ छ ।
समिक्षा अवधीमा नाफा बढाउने दर सबैभन्दा बढी सिभिल बैंकको छ । सो बैंकले गत वर्षको पुसको भन्दा १ सय ४८ प्रतिशतले नाफा बढाएको हो । त्यसैगरि, सिद्धार्थ बैंककको नाफा ७१ प्रतिशतले बढेको छ । 
यसैगरि, नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । 
एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको छ । नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो ।
अहिले गत आवको सोही अवधिको तुलनामा सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको छ । सिभिल बैंकले नाफा १४८ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा २० करोड रुपैयाँ नाफा गरेको सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल ५० करोड रुपैयाँ नाफा गरेको छ ।
यसैगरि, ५ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा पाँच वटा वाणिज्य बैंकको नाफा घटेको हो ।
नाफा घट्नेमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक , एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । ती बैंकहरुको नाफा क्रमशः १६.९० प्रतिशत, ७.४३ प्रतिशत, २१.७६ प्रतिशत, १२.७८ प्रतिशत र १३.८२ प्रतिशतले घटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।