logo

वाणिज्य बैंकहरु निक्षेप संकलन र कर्जा लगानीमा आक्रामक,एक सातामै १७ अर्ब निक्षेप ३५ अर्ब रुपैयाँ कर्जा 

    853   पटक पढिएको

४ माघ /अर्थ र व्यापार – पछिल्लो केही दिनयता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा लगानी दुवैमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको एक सातको तथ्यांक अनुसार बैंकहरुले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 
हाल मुलुकभर सञ्चालित विभिन्न २७ वटा वाणिज्य बैंकहरुले गत २३ देखि ३० पुससम्मको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन्।
संघका अनुसार गत २३ देखि ३० पुसको एक साताको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो अवधिमा ३५ अर्ब कर्जा प्रवाह भएको संघले जनाएको छ ।
यसअघि गत २ पुससम्म वाणिज्य बैंकहरुको निक्षेप घटेर जम्मा ४२ खर्ब ३९ अर्ब रुपैयाँ मात्र थियो । त्यस्तो निक्षेप गत ३०पुससम्मको एक साताको अवधीमा ह्वात्तै बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । 
यि सबै जोडेर पुस महिनाको कुल २८ दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलनतर्फ ८५ अर्ब रुपैयाँले वृद्धि गर्न सफल भएका छन । यसैगरि सो अवधीमा  कर्जा प्रवाह तर्फ भने ७८ अर्ब रुपैयाँले बढाउन सफल भएको संघले जानकारि दिएको छ । यसअघि गत २ पुसमा ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह विस्तारै बढेर गत ३० पुससम्म आइपुग्दा कुल ४१ खर्ब ६३ अर्ब रुपैयाँ भएको संघले जनाएको छ । 
हाल बैंकहरुमा देखिएको यो निक्षेप संकलन र कर्जा प्रवाहको अवस्थालाई हेदा अब गत पुसको पहिलो साताअघिसम्म बाहिर हल्लाह फैलिए जस्तो मुलुककम बैंकिङ तरलताको अवस्था नरहेको सम्बन्धीत सरोकारवालाहरु एवं बैंकर्सहरुको दावी छ । उनीहरुले यसलाई सकारात्मक भएको बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।