logo

१५ वर्षमा १८ संस्था मर्जर र एक्विजिशन गरेर एक नम्बर बन्यो ग्लोबल आईएमई बैंक, राष्ट्र बैंकका गभर्नरले अध्यक्ष ढकाललाई दिए सम्मान

    998   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन् ।  यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई समेत सम्मान गरेका छन् ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको जानकारी दिए ।
हाल बैंकको ३३.७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । यसैगरि, बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३,२०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
बैंकले आफ्नो स्थापनाको १५औँ वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । ग्लोबल बैंक सर्बप्रथम २०६३ साल सालको १८ पुसमा क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।