logo

बैंक तथा वित्तीय संस्थामा तरलता संकट झन् गहिरिँदै, पुसमा निकै घट्यो निक्षेप

    849   पटक पढिएको


१५ पुस/ अर्थ र व्यापार – चालु आर्थिक वर्ष (२०७८/२०७९) को सुरुवाती दिनहरुदेखि नै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता (लगानीयोग्य पुँजी) अभावको संकट अहिले झन गहिरिँदै गएको छ । चालु आवको वितेका साढे पाँच महिना १५ पुस नागिसक्दा पनि अझै बैंकिङ तरलताको समस्या समाधान हुने लक्षण देखिएको छैन । 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अझ तरलताको संकट बढ्दै गएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन् । तरलता बढेका कारण हाल बैंकहरुले स–सानो र अत्यावश्यक काम बाहेकका क्षेत्रमा कर्जा लगानी नै रोक्नुपर्ने अवस्थामा आएको छ । हाल मुलुकभरका सबै वित्तीय क्षेत्रमा यस्तो समस्या उत्पन्न भएको उनीहरुको भनाई छ । 
सम्बन्धीत सरोकारवालाहरुले निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलन भएका कारण अहिले यस्तो समस्या देखिएको बताएका छन । राष्ट्र बैंकका अनुसार आव २०७५/२०७६ सम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको वृद्धि कर्जाको भन्दा बढि रहेको थियो । तर, २०७७ सालको चैत महिना यता भने कर्जाको वृद्धिदरले निक्षेपको वृद्धिदरलाई उछिनेको छ ।
राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने चालु आवको वितेका साढे पाँच महिना १५ पुससम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १६ अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ३८ अर्ब कर्जा लगानी विस्तार गरेका छन् । बैंकले वार्षिक निक्षेप तथा कर्जाको वृद्धिको लक्ष्य बनाएर राष्ट्र बैंकमा पेश गर्छन् । तर, कोभिड महामारीका कारण लामो समय कर्जा विस्तार गर्न नसकेका बैंक कोभिड महामारी कम भएसँगै कर्जा विस्तारमा केन्द्रित भएकाले हाल तरलता अभाव भएको हो ।
निक्षेप संकलन कमी भए पनि बैंकहरूले पछिल्लो समय राष्ट्र बैंकबाट पैसा लिएर भएपनि कर्जा विस्तार गरेका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वितेका पाँच महिनाको अवधीमा मात्रै स्थायी तरलता सुविधा अन्तर्गत २५ खर्ब रुपैयाँ , ओभरनाईट रिपोमार्फत ६९ अर्ब रुपैयाँ , रिपोमार्फत २ खर्ब २० अर्ब र सोझै खरिद मार्फत २७ अर्ब रुपैयाँ तरलता प्रवाह गरिसकेको छ । बैंकमा अनिवार्य नगद मौज्जाद तथा तरलता व्यवस्थापनका लागि प्रदान गरेको रकमबाट समेत बैंकले कर्जा लगानी गरेको राष्ट्र बैंकको आशंका छ । बैंकको आक्रमक कर्जा लगानीलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैंकले घाँटी नहेरी हाड निलेको भन्दै सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो) बाट कर्जा–निक्षेप (सिडी रेसियो) कायम गर्नुपर्ने व्यवस्था ग¥यो । बैंकले सिसिडी रेसियो ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन हुँदै आएकोमा मौद्रिक नीतिको घोषणा अनुसार बैंकले सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान लागू गरेपछि समस्या उत्पन्न भएको सम्बन्धीत सरोकारवालाहरु तथा बैंकर्सहरुको दावी छ । 
सिसिडीबाट सिडी रेसियो कायम गर्नुपर्ने गरी नीतिगत परिवर्तत भएपछि बैंकले पुँजीबाट कर्जा दिन नपाउने भए । कर्जा विस्तार गर्न कै लागि बैंकले निक्षेप नै संकलन गर्नुपर्ने भएपछि बैंकहरुको कर्जा दिने क्षमता कमजोर भयो । लामो समय कोभिडको महामारीपछि विस्तार हुन लागेको आर्थिक क्षेत्रमा कर्जाको माग वृद्धि भएपछि बैंकहरुले निक्षेप नबढेको अवस्थामा पनि आक्रामक कर्जा लगानी गरे । जसको कारण अहिलेसम्म बैंकहरुमा तरलता अभाव बढ्दै गएको उनीहरुको दावी छ । तर, उनीहरुको यस्तो दावीलाई राष्ट्र बैंकका अधिकारीहरु भने स्वीकार गर्न तयार छैनन् । 
सिसिडीबाट सिडी रेसियो कायम गर्नुपर्ने ‘पोलेसी सिफ्ट’ अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै भएको भन्दै त्यसबाट बजारमा तरलता अभाव नभएको राष्ट्र बैंकका गभर्नर अधिकारीले दाबी गर्दै आएका छन् । ‘सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कायम गरेका कारण तरलता अभाव भएको होइन’ गभर्नर अधिकारीले भने, ‘निक्षेप संकलन र कर्जा लगानीको असन्तुलनका कारण अहिलेको समस्या सिर्जना भएको हो।’
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको गत कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण लगानी ४५ खर्बभन्दा बढी भएको थियो । चालु आवको पुससम्ममा मात्र ४ खर्बभन्दा बढी रकम लगानी भइसकेको छ । बैंकको यो लगानी कहाँ गयो त ? यसबाट अर्थतन्त्र किन चलायमान हुन सकेन ? ऋण लगानीबाट नयाँ निक्षेप किन आउन सकेन ? यी प्रश्नहरु बैंकिङ वृत्तमा उब्जिएका छन् । यसको जवाफ कोहिसित छैन ।
राष्ट्र बैंकको तथ्यांकलाई केलाउँदा कोभिड महामारीपछिको उच्च आयात र बढ्दो व्यापारघाटाका कारण बैंकमा नयाँ निक्षेप बढ्न सकेको छैन । राष्ट्र बैंकका अधिकारीहरु समेत बैंकहरुको कर्जाको ठूलो हिस्सा आयातका लागि प्रयोग हुँदा ठूलो रकम बाहिरिएको र जसको प्रभाव बैंकको निक्षेपमा पर्न थालेको स्वीकार गरिरहेका छन । 
यसैगरि, भन्सार विभागको तथ्यांक हेर्दा पनि चालु आवको वितेका पाँच महिना गत मंसिर मसान्तसम्ममा १ खर्बको निर्यात हुँदा ८ खर्बभन्दा बढिको आयात भएको छ । जसका कारण हाल मुलुकको व्यापारघाटा चुलिँदै गएको छ भने शोधानान्तर घाटासमेत बढ्दै गएको छ । यसैगरी, रेमिट्यान्सका साथै पर्यटनबाट हुने विदेशी मुद्रा आयसमेत घट्दा देशको वैदेशिक मुद्रा संचितिमा समेत नकारात्मक प्रभाव परेको छ । अहिले वैदेशिक मुद्रा संचितिकोदर पनि विगतका वर्षहरुको भन्दा निकै न्युन छ । 
बैंकको कर्जा लगानी वृद्धि भए पनि निक्षेप बढ्न नसक्नुको अर्को कारण बैंकको लगानी नयाँ उद्योग व्यवसायमा भन्दा पनि पुरानै उद्योग व्यवसायीको ऋण तिर्नका लागि प्रयोग भएको राष्ट्र बैंकका अधिकारीको अनुमान छ । बैंकहरुले ओभरड्राफ्ट र चालु पुँजीमा आधारित थप
कर्जा दिएर पुराना खराब कर्जा हुनबाट जोगाएको राष्ट्र बैंकको आशंका छ । यहि आशंका कारण राष्ट्र बैंकले केहीदिन अघि मात्र प्रस्ताव गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा चालु पुँजी कर्जा लिएर ऋण तिर्न नपाउने व्यवस्था राख्न प्रस्ताव गरेको छ ।
यस्तो छ राष्ट्र बैंकको नयाँ कदम
तरलताको अभावको संकट गहिरिँदै गएपछि यसबाट बाहिर निस्कन राष्ट्र बैंकले केही मौद्रिक उपकरण परिचालन गरिरहेको छ। मौद्रिक उपकरणबाट बैंकमा पैसा पठाएर अल्पकालिन तरलता व्यवस्थापन गर्दै आएको राष्ट्र बैंक सरकारको पुँजीगत खर्च बढ्ने आशामा बसेको देखिन्छ । 
हालसम्म सरकारको पुँजीगत खर्च ६ प्रतिशतको हाराहारीमा मात्र छ। पुसपछि विकास निर्माणका कामले गति लिने त्यसपछि सरकारको खर्च वृद्धि भएपछि विस्तारै तरलता अभाव कम हुने अपेक्षामा राष्ट्र बैंकका अधिकारी छन् । हुन त अल्पकालीन समाधानका लागि यसअघि नै सरकारले स्थानीय सरकारको खातामा रहेको ८० प्रतिशत रकम बैंकले तरलतामा गन्न पाउने व्यवस्था गरिसकेको छ । 
राष्ट्र बैंकले सुनचाँदी, सवारी साधनलगायतका बहुमूल्य सामानका साथै विभिन्न विलासी सामानको आयात निरुत्साहित गर्ने नीति अख्तियार गरिसकेको छ। तैपनि तरलता अभाव कायमै रहेका कारण गम्भिर प्रश्न उब्जिएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।