logo

सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओ सुवेदीसहित तीनजना पक्राउ 

यसरी भएको थियो १६ करोड बढीको घोटाला 

    1007   पटक पढिएको

१५ पुस/अर्थ र व्यापार – रेमिट्यान्सको १६ करोडभन्दा बढी घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार साँझ ५ बजे सुवेदीसहित बैंकमा कार्यरत तीन जनालाई कार्यालयबाटै पक्राउ गरेको हो। 
सो बैंकका सिइओ सुवेदीसहित पक्राउ पर्नेमा बैंकका वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पनि छन् । प्रहरीले यसअघि १९ मंसिरमा बैंकका जुनियर अफिसर हिमाल भट्टराईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । हिमाल सहित पक्राउ पर्नेमा ४ जना पुगेका छन् ।
नेपाल राष्ट्र बैंकमा परेको बेनामे उजुरीका आधारमा सप्तकोशीको प्रकरणलाई राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)–ले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन् ।  प्रहरीले चारै अभियुक्त उपर शुक्रबार उच्च अदालत विराटनगरमा म्याद थप गराएर बैंकिङ कसुर मुद्दा चलाउने भएको छ । यसअघि पक्राउ परेका हिमाललाई हालसम्म अभद्र व्यवहार अन्तर्गत म्याद थपिएको छ ।
बैंक स्रोतका अनुसार सिइओ सुवेदीसमेतका संलग्नतामा बैंकको रेमिटयान्स खाताको रकम हिनामिना गरिएको छ । सप्तकोशी बैंकले आफ्नो रेमिटयान्स खाता प्राइम कमर्सियल बैंकमा खोलेको छ । जसअनुसार विदेशमा रहेका नेपाली नागरिकले सप्तकोशी बैंकबाट भुक्तानी पाउने गरी पठाएको रेमिटयान्स रकम प्राइम कमर्सियलमा जम्मा हुने गर्छ । 
त्यसको सूचना डिजिटल सिस्टमबाट सप्तकोशीमा आइपुग्छ । सिइओ सुवेदी सहितका अभियुक्तले प्राइम कमर्सियल बैंकमा जम्मा भएको रकम डिजिटल सिस्टमबाट तानेर दुरुपयोग गरेको बैंक स्रोतको दाबी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।