logo

सिटिजन्स बैंकद्वारा बैंकको लघुवित्त परियोजना अन्तर्गत ८ लाखभन्दा बढी बीमा रकम हस्तान्तरण

    887   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार – सिटिजन्स बैंकले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा उनका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७ सय ७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकोले उनका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।
सो रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले बीमा कम्पनीमा रकम दावी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिब १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।