logo

नबिल बैंकले सार्वजनिक गर्यो डिजिबैंक पोर्टल, ग्राहकले एकद्वार प्रणालीबाट सेवा पाउने

    1019   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार – नबिल बैकले  ‘नबिल डिजिबैक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले पोर्टलको शुभारम्भ गरेका हुन् । 
सो पोर्टलमार्फत ग्राहकले सहज रूपमै बैंकका सेवाहरू एकद्वार प्रणालीमार्फत प्राप्त गर्नसक्ने छन् । कप्यूटराईज्ड बैंकिङबाट सुरू भएको यात्रा अब भने साच्चै डिजिटल युगमा प्रवेश गरेको बैंकले जनाएको छ । 
बैंकका विभिन्न उपलब्धी मध्ये डिजिबैंक पनि एक भएको सीईओ शाहले बताए । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न २०२० अगस्टमा सो परियोजना स्थापना गरिएको थियो । बैंकले बिहीबार नबिल डिजिबैंक पोर्टल मार्फत सो परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा एक पाइला अघि बढाएको जनाएको छ । 
नबिल डिजिबैंकमा अनलाइन फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायतका अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा धेरै अनलाइन सेवाहरु थपगर्दै जाने योजना बनाएको छ । 
सोही अवसरमा बैंकका सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने(भीकेवाईसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरे । भीकेवाईसी शुरुवातसँगै ग्राहकसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई बिकल्प उपलब्ध भएको छ । 
त्यसैगरी, नबिल भचुअल आईकार्ड नबिल स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने छन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ । 
नबिल डिजिबैंक पोर्टलमा अन्य संस्थाहरुसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायतका अन्य सुबिधा प्रदान गरिने समेत सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।