logo

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम देशैभर सुरु

    931   पटक पढिएको

१० मंसिर/अर्थ र व्यापार – नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम शुक्रबारदेखि देसैभर सुरु भएको छ । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग यो कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । 
यस्तो कार्यक्रम सुरु गर्ने क्रमममा नबिल बैंकले दुईवटा स्कीम राखेको छ । पहिलो सामाजिक उद्यमशीलता प्रमाणपत्र र अर्को फेलोशिप कार्यक्रम । पहिलो कार्यक्रमकालागि देशभरका सातवटै प्रदेशको एक÷एक वटा क्याम्पससँग नबि बैंकले सम्झौता गरिसकेको जनाएको छ ।
नबिल बैंककका अनुसार अब कलेजबाट सामाजिक उद्यमशीलता सम्बन्धी कक्षा दिइने छ । जसबाट प्रत्येक बर्ष ७०० विद्यार्थीहरु सामाजिक उद्यमी बन्ने लक्ष्य राखेको नविल बैंकका प्रमूख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । ‘यस कार्यक्रम गर्नुको मुख्य उदेश्य नै प्रत्येक वर्ष ७ सय नेपाली युवाले सामाजिक उद्यमको प्रमाणपत्र पाउनेछन् । यसैगरि, फेलोसिप कार्यक्रम भने आवासीय तालिम हो’ सिईओ शाहले भने ।
यसैगरि, बैंकले प्रदान गरेको दुवै कार्यक्रम सकेपछि सामाजिक उद्यमको मोडलमा विजनेश गर्नकालागि नविल बैंकले ऋण दिने व्यवस्था गरेको बताएको छ । यो कार्यक्रममा १८ देखि ५० वर्षभित्रका मानिसहरु सहभागि हुन सक्ने सो बैंकले जनाएको छ । 
नबिल बैंकका अनुसार तालिम अविधीभर आवाज तथा खानाको व्यवस्था हुने छ । बैंकले प्रदेश १ मा महेन्द्र मोरङ क्याम्पस, प्रदेश २ मा वीरगंज पब्लिक कलेज, वागमती प्रदेशमा क्याम्पियन कलेज, गण्डकी प्रदेशमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदूर पश्चिमको सुदूर पश्चिमाञ्चल एकेडेमीसँग सो कार्यक्रमकालागि सम्झौता गरिसकेको नबिल बैंकले जनाएको छ । 
सो कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेल, उपाध्यक्ष निर्वाणकुमार चौधरीसँगै डेपुटी सीइओहरु लगायत बैंक व्यवस्थापनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।