logo

सिभिल बैंकले विभिन्न सेवाहरुको शुरुवात गर्दै मनायो एघारौं वार्षिकोत्सव

    901   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार – सिभिल बैंकले विभिन्न कार्यक्रमको आयोजनासँगै नयाँ सेवाहरुको सुरुवात गर्दै शुक्रबार आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रतापजंग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको सभापतित्वमा बैंकको प्रधान कार्यालय काठमाडौमा विभिन्न सेवाहरुको थालनी गर्दै सिभिल बैंकले आफ्नो एघारौं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवकै अवसरमा बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका हुन ।  यसैगरि, कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंक संचालक समितिका सदस्य प्रकाश तायलले गरेका हुन् ।
यसैगरि, सामाजिक उत्र्तरदायित्व बहनका कार्यक्रम अन्तरगत सो बैंकले देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । त्यसैगरि, बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रम अन्तरगत बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप जनही ५ हजार रुपैंयाकादरले प्रदान गरिने कार्यक्रम रहेको सो बैंकले जनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा प्रायोरीटि बैंकिग सेवाको सुरुवातसँगै कल सेन्टर सेवाको सुरुवात गरेको बैंकले मिस्ड कल बैंकिंग ‘एक घण्टी झ्याप्प पेमेन्ट ’ सेवाको सुरुवात गरेको छ । साथै सिभिल बैंक ईन्टरनेशनल भर्चुअल डलर कार्ड सेवाको सुरुवात गरिएको छ भने सिभिल भर्चुयल एसिस्टेन्ट ‘सिभा’को पनि सुरुवात गरिएको छ । यसैगरि,बैंकमा पाँच वर्षभन्दा लामो समयदेखिसेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ ।
सिभिल बैंकले एघारौं वर्षपार गर्दा सम्म करिव ९२ अर्व निक्षेप संकलन गरि करिव ८८ अर्व रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । यसैगरि, बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा २९ करोड १८ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।