logo

मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जा सीमा र सीडी रेसियो यथावत

अधिकांश नीतिलाई निरन्तरता,आयातमा कडाई 

    1020   पटक पढिएको

१० मंसिर/ अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । केही ढिला गरी शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिइएको छ ।
सेयर लगानी कर्ताको प्रतिक्षामा रहेको ४/१२ करोडको सेयर कर्जाको सीमालाई राष्ट्र बैंकले यथावत राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो ऋण पुनरावलोकन गरेन ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जाको व्यवस्थामा सहुलियत दिएको छैन । राष्ट्र बैंकले वित्तीय क्षेत्रसमेत समस्त अर्थतन्त्रको हित होस् भन्ने उद्देश्यले सेयर धितो कर्जामा ४/१२ को नीति ल्याएको बताएको छ । चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।
यस विषयमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले केन्द्रिय बैंकले कुनै नीति ल्याउँदा त्यसको दीर्घकाल प्रभाव हेरेर ल्याउने बताए । समस्त अर्थतन्त्रलाई हित हुने देखेर ४÷१२ को व्यवस्था गरियो । असल मनसायले, असल अभ्यासका ल्याएका थियौं । समीक्षामा नभएका व्यवस्थाबारे यतिमात्र भनौं ।  साँच्चिकै पुनरावलोकन गर्नुपर्ने अवस्था नहुन्जेल पुनरावलोकन नगरिने चर्चा उनले गरे । बैंकको कर्जालाई निश्चित दिशातर्फ ल्याउन र सबै क्षेत्रमा सन्तुलित कर्जा प्रवाह होस् भन्ने राष्ट्र बैंकको उद्देश्य रहेको उनको भनाइ छ । 
नेपाल राष्ट्र बैंकले सीडी अनुपातको ९० प्रतिशतलाई पनि निरन्तरता दिएको छ । यसैगरी, राष्ट्र बैंकले व्यापार घाटा धेरै भएको भन्दै आयातमा कडाई गरेको छ । कोभिड १९ विरुद्ध खोपको उपलब्धता बढेसँगै संक्रमण दरमा कमी आएको तथा बन्दाबन्दी लगायतका नियन्त्रणात्मक प्रावधान खारेज भएसँगै आर्थिक क्रियाकलापहरु पुनरुत्थान हुन थालेको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । यसले आयात निकै उच्चरूपमा बढ्दा भुक्तानी सन्तुलन तथा विदेशी मुद्रामा चाप परेको निष्कर्ष निकालिएको छ ।
मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्रै रहेको बताइएको छ । समीक्षा अवधिमा मुद्रास्फिति ४.०३ प्रतिशत छ । यसैगरी, बैंक वित्तीय संस्थाको निक्षेप परिचालन १.२ प्रतिशतले बढेर ४७ खर्ब १८ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप परिचालन ४.९ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.७ प्रतिशतले बढेरर ४३ खर्ब ९९ अर्ब ८४ करोड पुगेको छ ।
असोज मासान्तसम्मा बाणिज्य बैंकहरूको पुँजी पर्याप्ता अनुपात १३.४ प्रतिशत, विकास बैंकहरुको १३.६ प्रतिशत र वित्त कम्पनीहरुको १८.८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको लक्ष्यानुसार नै पहिलो त्रैमासमा विस्तृत मुद्राप्रदायको वृद्धिदर सीमित रहेको छ । राष्ट्र बैंकले वार्षिक १८ प्रतिशतले अर्थतन्त्रमा मुद्राको आपूर्ती बढाउने लक्ष्य राखेकोमा पहिलो ३ महिनामा १७.९ प्रतिशत रहेको छ ।
नीजि क्षेत्रमाथिको दाबी १९ प्रतिशतले बढाउने प्रक्षेपण मौद्रिक नीतिले गरेको भएपनि चालु आर्थिक वर्षको पहिलो ३ महिनामा यस्तो वृद्धिर ३०.७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले चालु
आर्थिक वर्षको पहिलो ३ महिनामा तरलता व्यवस्था गर्नका लागि रिपो मार्फत १ खर्ब ८५ अर्ब ५० र स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ गरी कुल १० खर्च ८ अर्ब रुपैयाँ तरलता प्रवाह गरेको छ ।
यसैगरी, समीक्षा अवधिमा निक्षेप संकलन उपकरण मार्फत ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको जनाएको छ । समीक्षा अवधिमा ९४ करोड अमेरिकी डलर बिक्री गरी १ खर्ब ११ अर्ब ५३ करोड रुपैयाँ बारबरको भारितय मुद्रा खरिद भएको पनि राष्ट्र बैंकले जनाएको छ ।
सो समिक्षा अनुसार यस अवधिमा बाणिज्य बैंकहरूले ७ खर्ब ९७ अर्ब र अन्य वित्तीय संस्थाले १ खर्ब २२ अर्ब रुपैयाँ गरी ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको अन्तरबैंकिङ कारोबार गरेका छन् । गत वर्ष ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.६३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ । बैंकहरु अन्त बैंकिङ कारोबारको भारित औसत ब्याजदर ०.११ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरूको गत वर्षको पहिलो दिन महिनामा औसत आधारदर ७.७३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७.५३ प्रतिशत रहेको छ । 
यसैगरी, चालु आवको पहिलो तीन महिनामा निक्षेपको भारित औषत ब्याजदर ५.४३ प्रतिशत र कर्जाको औषत ब्याजदर ८.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 
निकै चर्चामा रहेको कर्जा–निक्षेप अनुपात हालकै व्यवस्थालाई निरन्तरता दिएको छ । (सीडी रेसियो) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गर्न भनिएको छ ।  
यस्तो छ समिक्षामा
–विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिने ।
–डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स को विद्यमान सीमा पुनरावलोकन गरिने ।
–ड्राफ्ट÷टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नकालागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था हुने । 
–व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली र्फम तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने ।
– विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने ।
– गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने ।
–विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिने । 
–मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ ।
–बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) आगामी असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष पेशगरी सो को कार्यान्वयन गर्नुपर्ने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।