logo

एलआईसी नेपालले सार्वजनिक ग¥यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

    858   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार – लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । 
समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ ।
कम्पनीले आफ्ना विभिन्न १० वटा बीमा योजनाको बोनसदर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक, जीवन विद्या र जीवन साथी यी तीन वटै बीमा योजनामा प्रतिहजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर तोकेको छ ।
त्यस्तै, जीवन आनन्द र बाल सवाधिक दुबै योजनामा न्यूनतम ५५ देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, धन वृष्टिमा प्रतिहजार ५५ रुपैयाँ, धन फिर्ता योजनामा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ, बाल ममता र बाल स्नेह योजनामा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जानकारी गराएको छ ।
त्यस्तै, जीवन तरंग योजनाको १० वर्षे अवधिको ५६ रुपैयाँ, १५ वर्षे अवधिको ५८ रुपैयाँ र २० वर्षे अवधिको ६७ रुपैयाँ बोनस दर तोकिएको छ । त्यसैगरी, जीवन बचत योजनाका बीमितिले न्यूनतम ४५ र अधिकतम ६६ रुपैयाँ बोनसदर पाउने भएका छन् । 
जसअन्तर्गत ५ देखि ९ वर्षे अवधिसम्मलाई ४५ रुपैयाँ, १० देखि १४ वर्षे अवधिलाई ४८, १५ देखि १९ वर्षे अवधिलाई ५३ रुपैयाँ, २० देखि २४ वर्षे अवधिलाई ५७ र २५ वर्षभन्दा माथिकोलाई ६६ रुपैयाँ बोनस दर कायम गरिएको छ । यो नयाँ बोनसदर बीमा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि लागू हुने सो इन्स्योरेन्सले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।