logo

माछापुच्छ्रे कृति क्यापिटलको लाभांश पारित, सञ्चालकमा दिपप्रकाश पाण्डे निर्वाचित

    791   पटक पढिएको

११ कात्तिक/ अर्थ र व्यापार – माछापुच्छ्रे कृति क्यापिटलको प्रस्तावित १३.४ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तितक १० गते सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट चुक्ता पुँजीको ६.४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । त्यस्तै, सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दिपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
यसैगरी, सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/ ०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु, आव २०७८/ ७९ का लागि लेखापरिक्षकको नियुक्ती गरेको छ । 
यससँगै संस्थाको पुँजी बृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनहरुको प्रस्तावहरु पनि पारित गरेको छ ।
हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको छ । र, कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, भेन्चर फण्ड, प्राइभेट इक्वीटी लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको बताएको छ । साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने पनि कम्पनीले जानकारी गराएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।