logo

व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कडाई , १० प्रतिशतभन्दा बढाउन नपाइने

    766   पटक पढिएको

३ कात्तिक / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणकालागि कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउनकालागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्र बैंकले काडाई गरि यस्तो हस्तक्षेप गरेको हो । 
राष्ट्र बैंकले मंगलबार राति बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था कात्तिक महिनादेखि नै लागू हुनेछ ।
‘बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदरमा १० प्रतिशतका दरले मात्र परिर्वत गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । यसैगरि, संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत) मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तिमा १ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 
हिमालयन बैंकले कात्तिक महिनाकालागि प्रकाशित गरेको व्याजदरमा सर्वसाधारणलाई साढे १० प्रतिशत र संस्थागत निक्षेपकर्तालाई (बोलकबोलमा) ११.६७ प्रतिशतका दरले व्याज दिने सुचना प्रकाशित गरेकोे थियो ।
कात्तिक महिनाको लागि बैंकहरुले प्रकाशित गरेको व्याजदर असोज महिनाको भन्दा ३० प्रतिशतसम्मले बढाएका थिए । बैंकहरुले यसरी व्याज बढाएपछि राष्ट्र बैंकले कडा हस्तक्षेप गरेको हो । बैंकहरुले कात्तिक महिनाकालागि प्रकाशित गरेको व्याजदर राष्ट्र बैंकले गरेको १० प्रतिशतको सीमामा कायम गरी ३ कात्तिकभित्र आफ्नो वेबसाइटमा प्रकाशित गर्नुपर्ने र यसरी संसोधन गरिएको नयाँ व्याजदर ५ कात्तिकभित्रमा दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।