logo

नबिल बैंकको ‘दशैं धमाका अफर’मा यस्ता छन् छुट र सुविधा

    984   पटक पढिएको

२० असोज / अर्थ र व्यापार – नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशै धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक पाउन सक्नेछन । 
नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सयसम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुने छ । त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सयसम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकत ५०० सय रुपैयाँसम्म पाउन सक्नेछन् । यस अफर मार्फत नबिल बैंकले आफ्ना ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको जनाएको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने भएकाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन सक्ने सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।