logo

फर्स्ट माइक्रोको ११ हजार ६२६ कित्ता सेयरमा लिलामी खुल्यो

    1702   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – फर्स्ट माइक्रोफाइनान्सले साउन १५ गतेदेखि आईतबारदेखि ११ हजार ६२६ कित्ता साधारण सेयरमा लिलामी आवेदन खुला गरेको छ । कम्पनीले गत बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म विक्री गरेको ५० प्रतिशत हकप्रदमा अवितरित सेयर अहिले लिलामी मार्फत बेच्न लागेको हो ।

ईच्छुकले साउन २२ गतेसम्म लघुवित्तको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछ । एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरी पूणांकमा बोलपत्र पेश गर्नुपर्नेे छ । 

बोलपत्र असार २५ गते दिउँसो ३ बजे ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा बोलपत्रबाला वा निजको उपस्थितिमा खुला हुनेछ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तीन कार्र्य्दिन पश्चात क्यापिटलले आईपीएस प्रणाली मार्फत आवेदकले उल्लेख गरेको खातामा सिधै फिर्ता गर्नेछ ।

३९ करोड ५५ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुिवत्त कम्पनीले गत आर्थिक वर्षमा आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको छ । लघुवित्तको सेयर आईतबार प्रतिकित्ता १११२ हाराहारीमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।