logo

नयाँ बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा

    2769   पटक पढिएको

२६ पुस/अर्थ र व्यापार– हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नेपाली बजारमा नयाँ बजाज डोमिनार २५० मोटरसाइकल भित्राएको छ । हन्सराज हुलासचन्द एण्ड कम्पनी बजाजको लागि नेपालको आधिकारिक वितरक हो ।

१३२ किमी प्रति घण्टासम्म सम्मको रफ्तारमा गुड्नसक्ने यो मोटरसाइकल १०.५ सेकेण्डमा ०–१०० किमी प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।

डोमिनार २५० मोटरसाइकलमा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ, जसले २७ पिएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ ।

क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध डोमिनार २५० मा डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यसको मूल्य ४ लाख ८९ हजार ९ सय निर्धारण गरेको छ । डोमिनार २५० मा एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प अन जस्ता प्रविधी राखिएको छ ।

चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ ।

यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । त्यस्तै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । यो मोटरसाइकल २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।