logo

इभी चार्जिङ स्टेसनमा लगानी बढाउँदै भारत सरकार, ८ अर्ब लगानीमा ७ हजारबढी स्टेशन थपिने

    725   पटक पढिएको


१० साउन/अर्थ र व्यापार – भारत सरकारले इभीका लागि चार्जिङ स्टेसनमा लगानी बढाएको छ। उसले राष्ट्रिय राजमार्गमा विद्युतीय चार्जिङ स्टेसनको संख्या ५ हजार २९३ पु¥याएको छ ।
प्रायः पुराना पेट्रोल पम्पमा नै बनाइएको चार्जिङ स्टेसनमा भारत सरकारले करिब १७८ करोड रुपैयाँ लगानी गरेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै ७५०, उत्तर प्रदेशमा ५७७, राजस्थानमा ४८२, तमिलनाडुमा ३६९, कर्नाटकमा ३०० र हरियाणामा २८४ वटा इभी चार्जिङ स्टेसन छन्।
सडक यातायात तथा राजमार्ग मन्त्रालयका अनुसार थप ७ हजार ४३२ चार्जिङ स्टेसन बनाइँदैछ। तीमध्ये ५ हजार ८३३ स्टेसन राजमार्गमा हुनेछन्। विद्युतीय सवारीसाधनतर्फ आकर्षण बढाउन भारत सरकारले चार्जिङ स्टेसनलाई प्राथमिकतामा राखेको हो।
सडक यातायात र राजमार्गमन्त्री नितिन गडकरीले ७ हजार ४३२ चार्जिङ स्टेसन बनाउन तीनवटा सरकारी तेल वितरण कम्पनीलाई ८०० करोड रुपैयाँ पुँजी सहायता दिइने बताएका छन्।
नेपालमा भने सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म ५१ वटा मात्रै चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । हाल करिब ३०० वटा चार्जिङ स्टेसन रहेकामा अढाइ सय चार्जिङ स्टेसन निजी कम्पनीले बनाएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।