logo

अटो व्यवसायीलाई अर्थमन्त्री पौडेलले भने: मौद्रिक नीति निजी क्षेत्रले सोचेभन्दा राम्रो आउँछ

    373   पटक पढिएको


३ असार/अर्थ र व्यापार – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षकालागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति निजी क्षेत्रले सोचेभन्दा राम्रो आउने बताएका छन्।
सवारी साधन कारोबारमा संलग्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को व्यवसायी प्रतिनिधीलाई अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले यसपालीको मौद्रिक नीति निजी क्षेत्रलाई सहयोग गर्नेगरी आउने बताए ।
मौद्रिक नीति निजी क्षेत्रले सोचेन्दा राम्रो आउँछ । यसमा ढुक्क भए हुन्छ। तपाई् व्यवसायीहरुले अब उच्च मनोबलका साथ लगानी विस्तारको योजना बनाए हुन्छ,’ अर्थमन्त्री पौडेललाई उद्यृत गर्दै नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले भने, ‘गभर्नर र मेरो ट्युनिङ मिल्छ। त्यसैले मौद्रिक नीतिबारे तपाईंहरुले शंका गरिरहनु पर्दैन।’
नाडाको व्यवसायी प्रतिनिधी टोली अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेको थियो । मन्त्री पौडेलसामु नाडाको व्यवसायी टोलीले सवारी साधनको लोन टु भ्यालु रेसियो ५० बाट ७५ प्रतिशत पु¥याउन माग गरेका थिए । अहिले नेपाल राष्ट्र बैंक मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।