logo

नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई भने ‘सवारी साधनलाई विलाशीताको बस्तुबाट हटाइनुपर्छ’

    630   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – नेपाल अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा) का प्रतिनिधिले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्दै सवारी साधनलाई विलाशीताका बस्तुको वर्गिकरणबाट हटाउन आग्रह गरेका छन् ।
उनीहरुले सरकारले विलाशीताका बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण गर्दा समस्या जटिल भएको गुनसो गरे । अटो लोन तथा हायर पर्चोज कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाइ पुरानै ७५ प्रतिशतमा ल्याउन समेत अर्थमन्त्रीलाई उनीहरुको आग्रह गरेका छन ।

नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधीले भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन आग्रह गरे ।
नाडाका अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव अर्थमन्त्रीलाई दिए ।
छलफलको क्रममा मन्त्री महतले आफु धेरै अफ्ठयारो परिस्थितिमा आएको बताउँदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने बताए ।

उनले कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई परेका समस्या बारे सुझाव एकिकृत गरी बजेट सुझावको रुपमा दिन समेत आग्रह गरे ।
भेटघाटको क्रममा मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिन सुझाए । अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन समेत अर्थमन्त्री समक्ष आग्रह गरेका थिए ।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे ।
सो भेटमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्यसमिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।