logo

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, अन्य १७ कार्यसमिति सदस्यमा चौधरी समुहबाट १२ र थापा समुहबाट ५ जना विजयी

    1140   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुर्वबहादुर थापा विजयी भएका छन् । थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन ।
गत बुधबार र बिहीबारदेखि काठमाडौँमा सञ्चालित नाडाको ४५औँ वार्षिक साधारणसभापछि सम्पन्न भएको निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत ल्याउँदा अर्का प्रत्यासी चौधरीले १३ सय ४७ मत प्राप्त गरेका थिए । 
यो निर्वाचनबाट अध्यक्षमा थापा निर्वाचित भएपनि अन्य पदाधिकारीहरुमा चौधरी समुहले नै बहुमत ल्याएका छन् । एक जना अध्यक्षसहित नाडाको कुल १७ कार्यसमिति सदस्य मध्येमा चौधरी समुहबाट १२ जना र थापा समुहबाट ५ जना विजयी भएको नाडा निर्वाचन समितिले जनाएको छ ।
नाडा निर्वाचन समितिका अनुसार सदस्यमा करण चौधरीको समुहबाट मिलनबाबु मल्ल १४ सय ६५ मत , अनुप कुमार बराल १४ सय ६३ मत , राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्र कुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १३६५ मत ल्याएर विजयी भएका छन्। यसैगरि, करण चौधरीकै समुहबाट निलमणि पाठक १३ सय ५४ मत , वरदान बस्नेत १३ सय ५० मत र पंकज अग्रवालले १३ सय ३४ मत ल्याई विजयी भएका हुन्। 
नवनिर्वाचित अध्यक्ष  थापाको समुहबाट निराकर श्रेष्ठ १३ सय ६४ मत , यमुना श्रेष्ठ १३ सय ५५ मत , कपिल शिवाकोटी १३ सय ४८ मत , प्रदिपमान प्रधान १३ सय ४६ मत र आकाश गोल्छा १३ सय ३९ मत ल्याएर विजयी भएका छन् । कुल ३२ सय १६ मतदाता सदस्य रहेको नाडाको सो निर्वाचनमा जम्मा २७ सय ८८ मत मात्र खसेको थियो । यो निर्वाचनमा थापा र चौधरीको समुहबाट केन्द्रिय सदस्यकालागि १७ / १७ जना गरि ३४ जना व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो ।  अन्य व्यवसायी मतदान गर्न सहभागी नै नभएको नाडा निर्वाचन समितिले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।