नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधनका लागि गृहकार्य सुरु भएको छ ।
चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार तारागाउँ रिजेन्सी होटलले रू. ७ करोड ८९ लाख घाटा व्यहोरेको छ ।
राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको विकट हिमाली जिल्ला हुम्ला सडक सञ्जालमा जोडिएको छ ।
केन्द्रीय चिया सहकारी संघको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउने उद्येश्यले ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको छ ।
झण्डै नौं महिनादेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदन अझै दुई महिना नखुल्ने भएको छ ।
कैलाश हेलिकोप्टर सार्भिसेज र मनाङ एयरले देशभरिबाट कोभिड–१९ विरामीको उद्धार उडानको लागि अनुमति प्राप्त गरेको छ ।
नेपाल रेल्वे विभागका अधिकारीहरुले दिएको विवाह पञ्चमीको भाकामा रेल सञ्चालनमा नआउने भएको छ ।
काठमाडौं महानगरपालिकाको सडक सफाईका क्रममा ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा बोलाएर बधाई दिएका छन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।
मोरङ प्रहरीले भन्सार छलेर ल्याएको करिब २ लाख मूल्य बराबरको १४७ सेट थर्मकोट बरामद गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले तोकिएको म्यादभित्र बासमती धानको भौगोलिक हकमा दाबी(विरोध गर्ने निर्णय गरेको छ ।
विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच भोली बुधवार एकता घोषणा हुने भएको छ ।
वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा साढे ६ अर्ब ५५ करोड रुपियाँ बराबरका सवारी साधन भित्रिएको छ ।
मजदुर आन्दोलनका कारण संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।
दुई मुलुकबीच व्यापार सहजीकरण गर्न नेपाल–भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ ।
युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउन सक्ने संकेत गरेको छ ।
करीब १० महीनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको ओद्यौगिक गणना कार्य आज आईतबारदेखि सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकटले केही न केही अवसर प्रदान गर्ने भन्दै कोभिड–१९ महामारीले प्रविधिलाई फस्टाउने अवसर दिएको बताएका छन्।
यातायात व्यवस्था विभागले कोभिड–१९ संक्रमणयता बन्द रहेको सवारी लाइसेन्सको आवेदन लिने र परीक्षा गराउने काम पुनः थालिने बताएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ ।
विद्युत प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक बर्षको असोजमा २.३१ प्रतिशतले विद्युत चुहावट बढेको छ ।
ठमेलका व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन् गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेलसंग भेटेर दोहोरो प्रकृतिका कर खारेज गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्ने बताएका छन् ।