logo

सरकार राजश्व संकलनको लक्ष्य भेटाउन असफल, एकवर्षमा ८ खर्ब ८८ अर्ब रुपैयाँ मात्र उठ्यो

सरकार राजश्व संकलनको लक्ष्य भेटाउन असफल भएको छ । गत आर्थिक वर्षमा लिएको राजश्व संकलनको लक्ष्यमा सरकार असफल भएको हो । गत आर्थिक वर्ष २०७७/ ७८ मा कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको हो ।

२०७८ मंसिर १

१८औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पुरा 

नेपाल हस्तकला महासंघले आगामी ३ मंसिर देखि ५ मंसिरसम्म हुने १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरि नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको वौद्धस्थित ह्यात रिजेन्सी होटलमा हुने सो मेलाको सबै तयारी पूरा भएको जानकारी गराईएको हो ।

२०७८ कार्तिक ३०

आगामी बजेटमा कर नीतिमा आमूल परिवर्तन हुन्छ, बढि कमाउनेले धेरै कर तिर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कर नीतिमा आमूल हुने बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन ।

२०७८ कार्तिक २८

भृकुटीमण्डपमा सञ्चालित फुटवेयर एक्स्पोमा अवलोकनकर्ताको भीड 

भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालित जुत्ताचप्पल व्यापार मेलामा अवलोकनकर्ताको भीड लागेको छ  । नेपाल फुटवेयर्स म्यानुफेक्चर्स एसोसिएसनको आयोजनामा सञ्चालित मेलामा विभिन्न ब्रान्डका स्वदेशी जुक्ता चप्पलहरू सर्वसुलभ मूल्यमा बिक्री भइरहेको छ ।

२०७८ कार्तिक २८

ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

ढाका कपडा र यसबाट बनेका वस्तुहरूको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरूको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी २ देखि ४ पुससम्म काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा सो प्रर्दशनी र सम्मेलन हुन लागेको हो ।

२०७८ कार्तिक २८

प्रति लिटर ८३ रुपैयाँमा किनेको पेट्रोल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाउदै निगम 

नेपाल आयल निगमले प्रति लिटर जम्मा ८३ रुपैयाँमा किनेको पेट्रोल हाल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ ।  निगमले आफुलाई घाटा भएको भन्दै गत बुधबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास) को मूल्य बढाएको छ ।

२०७८ कार्तिक २६

मौद्रिक नीतिको समीक्षा मंसिर पहिलो साता , तयारीमा जुटेको राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा फेरबदल नगर्ने 

नेपाल राष्ट्र बैंकले आगामी मंसिर पहिलो साता चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि जारी गरिएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैैंकले गत २९ साउनमा ल्याएको चालू आवको मौद्रिक नीतिको समीक्षा गर्न अहिले राष्ट्र बैंकले आवश्यक तयारीलाई तिब्र बनाएको छ ।

२०७८ कार्तिक २६

राष्ट्र बैंकको अधिकारमाथि अर्थमन्त्रीको हस्तक्षेप, ब्याजदरका विषयमा बोलाए २७ वटा बैंकका सीईओ

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको अधिकार क्षेत्रमाथिको हस्तक्षेपलाई निरन्तरता दिएका छन् । अर्थमन्त्री शर्माले बैंकिङ क्षेत्रको तरलताको विषयलाई लिएर २७ वटै बैंकका कार्यकारी प्रमुखहरूलाई (आज) शुक्रबार भेट्ने गरी बोलाएका हुन् । 

२०७८ कार्तिक २६

१० हजार रुपैयाँ नगद अनुदानकालागि सरकारले कोभिड प्रभावित विपन्नसँग माग्यो आवेदन 

सरकारले कोरोना महामारिका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना निकालेर आगामी १५ दिनभित्र आवेदन दिन यस्तो आग्रह गरेको हो ।

२०७८ कार्तिक २५

शुक्रबारबाट फुटवेयर बिजनेस एक्स्पो हुँदै, ३० वटा कम्पनीका ६० स्टल रहने

आगामी शुक्रबारदेखि एफम्यान फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल को आयोजनामा फुटवेयर एक्सपो हुन लागेको हो ।  आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

२०७८ कार्तिक २४

लगानीयोग्य रकम नभएका बैंकसँग ५० अर्ब रुपैयाँ खराब कर्जा , सरकारी बैंकको उच्च

विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ करोड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग यतिधेरै रकमको खराब कर्जा देखिएको हो । चालु आर्थिक वर्ष २०७८/ ७९ को वितेका तीन महिना असोज मसान्तसम्मको तथ्यांक अनुसार यि वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी खराब कर्जा सरकारी लगानी रहेको बैंकका बैंकहरुको नै देखिएको छ ।

२०७८ कार्तिक २४

तिहारमा झन्डै डेढ अर्बको भाईमसला आयात 

पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यसपालीको तिहारमा करिब डेढ अर्ब रुपैयाँ भन्दाबढीको भाईमसला आयात भएको छ ।  हिन्दु धर्म मान्ने नेपालीको दसैंपछिको दोस्रो ठुलो महानचार्ड तिहारमा दिदी–बहिनीले आफ्ना दाजुभाईलाई दिने भाईमसलाको आयात यसपाली ह्वात्तै बढेको भन्सार विभागले जनाएको छ । 

२०७८ कार्तिक २२

सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने

विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवद्र्धनगरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको हो । सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषिजन्य उत्पादन , वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग खोल्न सकिने प्रावधान छ ।

२०७८ कार्तिक २२

निर्माण व्यवसायमैत्री ऐन जारी नभए महासंघ संघर्षमा उत्रने 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अब निर्माण व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका छन । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको दशौं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै महासंका केन्द्रिय अध्यक्ष सिंहले यस्तो बताएका हुन । 

२०७८ कार्तिक १७

सरकारले दिएको अवसरको मौकाछोपेर विदेशमा बस्नेले समेत धमाधम छुटमा नवीकरण गरे कम्पनी

सरकारले लामो समयसम्म नवीकरण नभएका कम्पनी नवीकरणमा छुुट दिएसँगै विदेशमा भएकाले समेत कम्पनी नवीकरण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत आगामी पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी नवीकरण गर्नेको भिड लागेको छ ।

२०७८ कार्तिक १७

तीन महिनामै ४ अर्ब ८ करोड रूपैयाँको ल्यापटप भित्रियो , मोबाइलको आयात अझ धेरै 

चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका तीन महिनामा ४ अर्ब ८ करोड रूपैयाँभन्दा बढीको ल्यापटप नेपाल भित्रिएको छ । गत आवको तुलनामा चालू आवको सो अवधिमा ल्यापटप तथा नोटबुकको आयात दोब्बरले वृद्धि भएको छ । चालू वर्षको बितेका तीन महिनामा ल्यापटपको आयात १६१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा यो आवको सो अवधिमा ल्यापटप आयात २ अर्ब रूपैयाँभन्दा बढीको भएको भन्सार विभागले जनाएको छ ।

२०७८ कार्तिक १४

बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर, विश्वका प्रमुख २० अर्थतन्त्रका नेताबीच सहमति

बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो ।

२०७८ कार्तिक १४

निर्माणमैत्री कानुन बनाउन महासंघको आग्रह 

नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डले सरकारसँग हाल संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐन–२०६३ र मस्यौदाको रूपमा रहेको निर्माण व्यवसाय ऐन–२०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुनहरू निर्माण क्षेत्रमैत्री हुनेगरी संशोधन गर्न आग्रह गरेका छन् ।

२०७८ कार्तिक १४

विद्युतीय माध्यमबाट कर तिरेको भौचरमा संशोधन गर्ने समय १ महिना थपियो 

विद्युतीय माध्यमबाट कर तिरिएको राजस्वको भौचर संशोधन गर्ने समयावधि एक महिनाकालागि थप भएको छ ।

२०७८ कार्तिक १२

निर्जीवन बीमाको प्रिमियम बढाएर न्यूनतम सीमा तोकिएकोमा महासंघको आपत्ति

निर्जीवन बिमाको प्रिमियम बढाएर न्यूनतम सीमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बिमा समितिले गत ६ असोजमा सबै निर्जीवन बीमा कम्पनीकालागि जारी गरेको गैर शुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको थियो । सो कार्यको महासंघले आपत्ति जनाउँदै विरोध गरेको हो ।

२०७८ कार्तिक ११

चालु आवको तीन महिनामा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार 

चालू आर्थिक वर्ष २०७८ / ७९ को वितेका तीन महिना साउनदेखि असोजमसान्तसम्ममा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधीमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

२०७८ कार्तिक ११

निर्जीवन बीमा कम्पनीले तीन महिनामै उठाए ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम 

कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै  निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८÷०८९ को वितेका तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन ।  चालु आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

२०७८ कार्तिक ९

अर्थमन्त्री र बेलायती राजदूतबीच पूर्वाधार निर्माणबारे छलफल 

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोल्लिटबीच छलफल भएको छ। अर्थ मन्त्रालयमा भएको सो छलफलमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ ।  

२०७८ कार्तिक ८

बेमौसमी वर्षाको प्रभाव : ५ अर्बको धानबालीमा क्षति, सबैभन्दा धेरै नोक्सान बर्दियामा

विगत केही दिन यता परेको बेमौसमी वर्षा र बाडीका कारण मुलुकभरको धानखेतीमा गरि करिब ५ अर्ब रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म करित्र साढे ४ अर्ब रुपैयाँको धानबाली र ३२ करोड रुपैयाँ बढीको नगदेवालीमा क्षेति पुगेको हो ।

२०७८ कार्तिक ५

दुग्ध विकास संस्थानका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई तीन दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

२०७८ कार्तिक ५

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.