logo

सहकारीमा सरकारले तोक्यो बचत रकमको सीमा,अब व्यक्तिले ५० लाखभन्दा बढी राख्न नपाउने

    262   पटक पढिएको


१४ पुस/अर्थ र व्यापार – सरकारले सहकारी संस्थामा बचत गर्न पाउने रकमको सीमा तोकेको छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत सरकारले बचत गर्ने रकमको सीमा तोकेको हो।
एउटा व्यक्तिले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा स्थानीय तहस्तरकोमा बढीमा १० लाख रुपैयाँ , प्रदेशस्तरकोमा २५ लाख रुपैयाँ र संघ मातहतको सहकारीमा ५० लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्था गरिएको छ । अब यस सीमाभन्दा बढी बचत हुनेहरुका हकमा दुई वर्षको समय तोकिएको छ । दुई वर्षभित्र सहकारीमा आफ्नो बचत सीमाभित्र राख्नुपर्नेछ ।
यसअघि सहकारीमा व्यक्तिगत बचतमा सीमा तोकिएको थिएन । सहकारी ऐनमा व्यक्तिगत बचतको सीमा सम्बन्धित सहकारीको विनियममा तोकिएबमोजिम हुने उल्लेख थियो । धेरै ब्याजका लागि सहकारीमा पैसा थुपार्ने बचतकर्ताको लोभमा संचालकले मनोमानी गरेको निष्कर्षमा सरकारले अब आइन्दा तोकिएको सीमाभन्दा बढी व्यक्तिगत बचत गर्न नपाउने व्यवस्था गरेको छ ।
अवैधरुमा आर्जन गरेको रकम समेत सहकारीमा बचत गर्ने प्रवृत्ति थियो । सरकारी सेवाबाट अवकाश पाएका सचिवले समेत धेरै ब्याजका लागि पैसा राख्ने थलो सहकारीलाई नै बनाउँदै आएका छन् । सरकारले अध्यादेशमार्फत अब सहकारीमा १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने व्यवस्था गरेको छ । अध्यादेशमार्फत कर्जा सूचना केन्द्रको अधिकार क्षेत्र बढाइएको छ । कर्जा सूचना केन्द्रले अब बैंक तथा वित्तीय संस्थाका अलावा सहकारीको कर्जा सूचना केन्द्रको रुपमा काम गर्नेछ ।
१० लाख रुपैयाँभन्दा बढीको कर्जा कारोबारको सूचना अनिवार्य दिनु पर्ने र जतिसुकै रकमको भए पनि कालोसूचीको सुचना दिनु पर्ने व्यवस्था गरिएको छ । बचत तथा ऋणको कारोबा गर्ने प्रत्येक सहकारीले अनिवार्यरुपमा निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ ।
बचत ऋणको कारोबार गर्ने संस्था स्थानीय तहमा मात्र दर्ता हुने व्यवस्था गरिएको छ । यस्ता सहकारी सम्बन्धित स्थानीय तह बाहिर जान पाउने छैनन् । अहिले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको वर्गिकरण संघ, प्रदेश र स्थानीय गरी गर्न सकिने र सहकारी नियमन प्राधिकरणमा वा तोकिएको निकायमा वर्गीकरण अनुरुप पुनः दर्ता गर्ने व्यवस्था सो अध्यादेशमा उल्लेख छ ।
यसैगरी, एक व्यक्ति एकैपटक एकभन्दा बढी सहकारीको सदस्य हुन पाउने छैन । भएमा एक वर्षभित्र एउटामा मात्र सदस्यता कायम गर्नुपर्नेछ । सहकारीको कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी रहन नपाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।