logo

धमाधम ईभी चार्जिङ स्टेसन बनाइँदै,प्राधिकरणले ४० ठाउँमा एकैपटक १० भन्दा बढी चार्जिङ हब बनाउने

    638   पटक पढिएको


३ जेठ/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।
विद्युत प्राधिकरणले सातै प्रदेशका ४० स्थानमा ईभी चार्जिङ हब बनाउन अध्ययन समेत गरिसकेको छ । ५१ वटा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालन गरेको प्राधिकरणले चार्जिङ हब बनाउने योजना बनाएको हो ।
जसमा बाइक, स्कुटर, रिक्सा, बस, मिनी बस, माइक्रो बस एकैपटक चार्ज गर्न मिल्छ । निजी क्षेत्रलाई समेत अब चार्जिङ हब बनाउन प्रोत्साहन गर्न लागेको विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले बताए । स्रोत सुनिश्चितता भएपछि आयोजना अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा झापाको मेचीनगर, पोखरा, बुटवल, भरतपुर,काठमाडौं, कोहलपुर लगायतमा स्थानमा हब बनाउदा उपयुक्त हुने निष्कर्ष छ । त्यसपछि क्रमश बनाउदै जानुपर्ने प्रतिवेदनमा उल्लेख छ । चार्जिङ हबमा भीआईपीका लागि समेत कोटा राखिएको हुनेछ ।
प्राधिकरणले गरेको एक अध्ययन अनुसार पछिल्लो समय निजी क्षेत्र विद्युतीय सवारीसाधनप्रति आकर्षित भएको छ । विद्युतीय बससँगै सानान माइक्रोबसहरु समेत सार्वजनिक सवारीसाधनका रुपमा प्रयोगमा आउन थालेका छन् । विद्युतीय सवारीसाधनलाई सार्वजनिक सवारीमा प्रवद्र्धनका लागि चार्जिङ स्टेसनहरुको पर्याप्त निर्माण गर्नुपर्छ । सरकारले आयातमा कर छुट दिएको छ । चार्जिङ स्टेसनको अभावले निजी ईभी प्रवद्र्धनलाई असर गरिरहेको छ ।
चार्जिङ पूर्वाधारको अभाव हुन थालेपछि प्राधिकरणले ईभी हब चार्जिङ स्टेसन निर्माणको लागि अध्ययन गरेको हो । प्राधिकरणले केहि आयोजना गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागेको छ । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सधैभरी चार्जिङ स्टेसन बनाइरहन नसकिने बताए ।
‘प्राधिकरणले सधैभरी चार्जिङ स्टेसन बनाएर बस्न सक्दैन । त्यो हाम्रो व्यवसाय होइन । हामी त बिजुली बेच्ने हो, ‘ उनले भने, ‘चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई सहुलियत दिने हो ।’ उनकाम अनुसार चार्जिङ स्टेसन निर्माणका लागि ट्रान्सफर्मर, मिटर, लाइन उपलब्ध गराउने लगायको काम प्राधिकरणले गरिरहेको छ ।
चार्जिङ स्टेशन सञ्चालनका लागि केन्द्रीय अनुगमन प्रणाली विकास गर्न लागेको छ। प्राधिकरणले ईभी प्रयोगकर्ताका लागि मोबाइल एप, भुक्तानी प्रणाली पनि विकास गरेको छ
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रले साना ठूला गरी ४०० भन्दाबढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले ईभी बिक्रेतालाई समेत चार्जिङ स्टेसन निर्माणका लागि निर्देशन दिएको छ । कम्पनी बिक्री गर्ने गाडीहरुलाई पुग्ने गरी चार्जिङ स्टेसन बनाउन प्राधिकरणले निर्देशन दिएको हो ।
यसैगरी, प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको नेतृत्वमा चार्जिङ स्टेसनको महसुलसम्बन्धी अध्ययन भएको थियो । जसले हालको मूल्यमा २ रुपैयाँ बढाएर १०० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।