logo

नेपाललाई विद्युत व्यापारको बाटो खुल्यो, सम्झौतापत्र भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत

    667   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतले स्वीकृत गरेको छ । भारतको मन्त्रिपरिषद्ले नेपालले तीन महिना अगाडि गर्न चाहेको विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्र बल्ल स्वीकृत गरेको हो।
नेपालले गत जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा समझदारीमा हस्ताक्षर गर्न चाहेको थियो । तर, त्यतिखेर भारतले मन्त्रिपरिषद्मा छलफल हुन नपाएको भनेर हस्ताक्षर गर्न मानेको थिएन। तैपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय वार्तापछि नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए।
त्यसलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणको आफ्नो ठूलो उपलब्धिका रुपमा अर्थ्याएका थिए। तर, सम्झौता नभएका कारण नेपालले देशभित्र खपत गरेर बढी भएको सबै विद्युत भारतलाई बेच्न सकिरहेको छैन।

नेपाल विद्युत प्राधिकरणले अहिले १० आयोजनाको ४५२ मेगावाटभन्दा बढी विद्युत बेच्न सकेको छैन। अहिले विद्युत खेर गइरहेको अवस्था छ। प्राधिकरणले बेच्न नसकेपछि निजी क्षेत्रका कम्पनीलाई उत्पादन नै घटाउन लगाएको छ। थप जलविद्युत आयोजना निर्माणाधीन रहेकाले विद्युत खेर जाने समस्या समाधानका लागि प्राधिकरणले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न चाहेको थियो।
भारतको मन्त्रिपरिषद्ले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्रलाई गत साता स्वीकृत गरेको हो। भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले यसको पुष्टि गरेका छन्।
उनले मंगलबार बिहान सामाजिक सञ्जालमा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका हुन्। यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ।

भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गर्नेछन्। त्यसपछि नेपाललाई आफ्नो विद्युत भारतमा व्यापार गर्न सहज हुनेछ।
यो सम्झौतासँगै नेपालबाट २५ वर्षसम्म विद्युत बिक्रीका लागि बाटो खुल्नेछ। अहिले नेपालबाट ‘डे अ हेड’ र रियल मार्केटमा मात्रै भारतमा बिजुली बिक्री हुँदै आएको छ।
प्राधिकरणका एक अधिकारीका अनुसार सम्झौतापछि दीर्घकालिन रुपमा ७ देखि २५ वर्ष र मध्यमकालिन २ देखि ७ वर्षको सम्झौता गरेर बिजुली बेच्न मिल्नेछ। दीर्घकालिन रुपमा विजुली बेच्न पाएपछि लगानीकर्ताले समेत जलविद्युतमा लगानी बढाउनेछन्।

अहिले बजार नभएको भन्दै कतिपय आयोजना होल्ड भएर बसेको छ। ‘दीर्घकालिन व्यापार सम्झौताले जलविद्युत आयोजनाको लाइसेन्स लिएर बसेकाहरुले तत्कालै काम अघि बढाउने अवस्था आउँछ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘वाह्य लगानी पनि आउने वातावरण बन्छ।’ विद्युत खरीद प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुमा उनीहरुको पनि स्वार्थ छ।
भारतीय लगानीका ठूला परियोजनाको बिजुली बेच्ने बाटो पनि यसले खुला गर्नेछ। अहिले भारतीय लगानीमा अरुण तेस्रो निर्माणाधीन छ भने फुकोंट कर्णाली, माथिल्लो कर्णाली लगायतका ठूला आयोजना अघि बढ्दैछ।
‘भारतले नेपालको बिजुली बेच्नका लागि मात्रै सम्झौता अगाडि बढाएको होइन। उनीहरुकै लगानीका आयोजनाको बजार सुनिश्चित गर्नका लागि हो’ उनले भने। भारतले नेपालबाट बिजुली खरीदमा केही विशेष शर्त पनि राखेको छ । आफ्नो देशको लगानी र नेपाली लगानी मात्रै किन्नेछ। चिनियाँ लगानी भएको आयोजनाको बिजुली भने भारतले नकिन्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।