logo

एड्भेञ्चर ट्राभल शो मा सिंखडाले विशेष प्रस्तुती दिने

    4347   पटक पढिएको

२६ पुस / अर्थ र व्यापार- आगामी जनवरी २० र २१ म लण्डनको ओलम्पियामा आयोजना हुने एड्भेञ्चर ट्राभल शो मा युवा पर्यटन व्यवसायि तथा अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का अध्यक्ष राजन सिंखडाले विशेष प्रस्तुती दिने भएका छन । सिंखडाले “नेपाल नट वन्लि फर ट्रेकिङ” भन्ने विशेषमा आफ्नो प्रस्तुती दिनेछन ।

सो कार्यक्रममा लेखक,फोटोग्राफर,विदेशी टुर अपरेटर्स लगायत एड्भेञ्चरमा रुचि राख्ने व्यक्तिहरुको उपस्थिति रहनेछ । सिंखडाले जनवरी २१ आईतवार ट्राभल शो मा आफ्नो प्रस्तुती राख्नेछन । “ अहिलेसम्म नेपाल विश्व बजारमा ट्रेकिङका लागी मात्र ब्राण्डिङ भयो, नेपालमा त्यस बाहेक योग पर्यटन,कुकिङ कल्चर,भोलुन्टेयरिङ र अन्य सफ्ट एड्भेञ्चरका प्रशस्तै सम्भावना छ भन्ने विषय मेरो प्रस्तुतीमा समेटिनेछ”–सिंखडाले भने । यसवाट नेपाल फर अल सिजन भन्ने धारणालाई सहयोग पुग्ने उनको अपेक्षा छ ।

यसअघि नेपालमा २०७२ सालमा गएको भुकम्पपश्चात नेपालका पदमार्गहरु ध्वस्त भए भन्ने हल्ला विश्वभर फैलिएको समयमा पनि सिंखडाले त्यहि ट्राभल शोमा “नेपाल स्टिल ट्रेकर्स प्याराडाईज”भन्ने विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।