logo

रारामा तालमा आन्तरिक र विदेशी पर्यटकको घुईंचो

    1135   पटक पढिएको

 

कात्तिक १३ / अर्थ र व्यापार - मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।


राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा बाहृय पर्यटकको संख्यामा वर्षै्पिच्छे बढ्दो क्रममा छ । रारामा पुग्ने आन्तरिक पर्यटकलाई हेर्दा लाग्छ भ्रमण चेतनामा नेपालीहरु माथि पुगिसकेछन् । गाडी, मोटराईकल र प्लेन चार्टर गरेर अहिले पर्यटकहरु रारा पुग्ने गरेका छन् ।

हिमाली राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकहरुलाई प्रबेश निशुल्क गरिएका कारण कति जना रारा घुम्न आए भन्ने एकिन डाटा नभएपनि होटेलबाट लिएको जानकारीको आधारका दैनिक करिब २ सयको हाराहारीमा स्वदेशी पर्यटकहरु रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्र शेखर चौधरीले बताए । राराताल नजिकै रहेको डाँफे गेष्ट हाउस र भिलेज हेरिटेज एण्ड रिसोर्ट यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छन् । होटलमा भएको कोठा अपुग भएपछि होटेलले बाहिर टेण्टको व्यवस्था गरेको छ । भिलेज हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दीपक रावतले यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताए । उनले विदेशी पर्यटकहरु पहिला नै होटेल बुकिङ गरेर आउने गरेका कारण समस्या नभएपनि आन्तरिक पर्यटकहरु यहाँ आएपछि मात्रै होटल खोज्ने गरेका कारण उनिहरुलाई व्यवस्थान गर्न समस्या हुने गरेको बताए ।

रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले अघिल्ला वर्षहरुमा आन्तरिक र विदेशी पर्यटक बाषिर्क दुईसय जनासम्म आउने गरेकोमा यो वर्ष दशै सकिएलगत्तै दैनिक एकसयदेखि दुईसयसम्म आन्तरिक र विदेशी पर्यटक आउने गरेको बताए । उनले अघिल्लो वर्ष विदेशी १ सय २४, सार्क मुलुकबाट ३ जना र करिब सय जना आन्तरिक पर्यटकहरु रारा घुम्न आएको बताए ।

साथीहरुले फेसबुकमा राराको तस्विर राखेर प्रचारप्रसार गरेका कारण यहाँ घुम्न आएको चितवनबाट गाडीमा आएका रामहरि खनालले बताए । उनले रारा पुग्ने बाटो अप्ठ्यारो भएपनि यहाँपुगेपछि भने स्वर्गको आनन्द महशुस भएको बताए । त्यस्तै साथीभाईहरुसँग मोटरसाईकलमा रारा घुम्न आएका कञ्चनपुरका राजेन्द्र पन्तले रारामा सोचेको भन्दा राम्रो व्यवस्थापन रहेको बताए । उनले मोटरसाईकलमा आउँदा केहि प्राविधक समस्याहरु आएपनि रारा पुगेपछि सबै विर्सेको बताए ।
रारा घुम्न चितवन वा कञ्चनपुरबाट मात्रै होईन पोखरा, काठमाडौं, नेपालगंज लगायत शहरबाट पनि थुप्रै पर्यटकहरु पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।