logo

तेह्रथुममा धमाधम खुल्न थाल्यो सुविधायुक्त होटल

    2377   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा पर्यटकलाई लक्षित गरी अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ । रिसोटमा प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब एक करोडको लागतमा खुलेको रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। 


 स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको  हो । यहाँ पुग्न सदरमुकाम म्याङलुङदेखि करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ। 


 म्याङलुङ नगरपालिका– ३ पिप्लेमा ‘डाउनहिल कटेज’ सञ्चालनमा आएको छ । कटेजमा लोकल कुखुरा, लोकल माछा, लोकल खसी, अग्र्या्निक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनकै लागि व्यवसाय थालेको हो । ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालनमा आएको हो। 


 पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’। पहिलेदेखि नै कालापानी नामले परिचित उक्त ठाउँमा माछापालनसमेत गरिएको छ। ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि पनि यहाँ सयौँ आन्तरिक पर्यटक आउने गरेका छन् । 


 पछिल्लो समय जिल्लाको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिएका छन्। 


सकारले नमुना सहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा होटल व्यवसाय फष्टाउँदै गएको छ। दुई वर्ष यता वसन्तपुर बजारमा दर्जन बढी सुविधायुक्त होटल थपिएका छन्। अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम बढेको छ। हालसालै मात्रै नयाँ भवन निर्माण गरेर पर्यटक लक्षित सुविधायुक्त सेवा थप गरी होटलको व्यवस्थापन गरेको हो ।


 पर्यटकीयस्थल तिनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएका छन्। अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन्। ती होटलमा ५० लाख भन्दा बढीको लगानी रहेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।