logo

पर्यटक भिसामा विदेश प्रस्तान अनुमति सम्बन्धी कार्यविधी २०७९ प्रति नाटाको आपत्ति

पर्यटन विरोधी प्रावधान हटाउन माग

    1401   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गृह मन्त्रालयले हालै जारि गरेको पर्यटक भिसामा विदेश प्रस्तान अनुमति सम्बन्धी कार्यविधी २०७९ प्रति असन्तुष्टी जनाउँदै आपत्ति जनाएको छ ।
यो कार्यविधीले नेपालको पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भिर असर पार्नेगरि नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधानहरु राखेको र एक वा अर्को बहानामा नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने अधिकार समेतलाई चुनौति दिएको प्रति कडा आपत्ति गरेको नाट्टाले जनाएको छ ।
गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटनाहरु नियन्त्रण गर्न सरकार गम्भिर हुनुपर्नेमा समेत नाट्टा सहमत रहेको बताएको छ । वैदेशिक रोजगार व्यवसायी, श्रम विभाग, तथा अध्यागमनका कर्मचारीहरुबाट मात्र सम्भव हुने गैरकानुनी गतिविधी नियन्त्रण गर्नुको साटो भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने व्यवसायीलाई विशेष गर्ने काम भएको भन्दै नाट्टाले यस्तो पर्यटन विरोधी प्रावधान हटाउन माग गरेको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाले आइतबार विज्ञप्ति जारि गरि यस्तो माग गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।