logo

संसदीय समितिका हरेक निर्णय पालना गर्छु : पर्यटनमन्त्री आले

    1208   पटक पढिएको

१४ पुस/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा मन्त्री आलेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन । 
उनले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गरे । यसैगरि, मन्त्री आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा पनि छलफल भइरहेको  भन्दै निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने बताए ।  
यसअघिको बैठकमा सभापति पवित्रा खरेलले मिनि संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी पर्यटनमन्त्री आलेसँग जवाफ माग गरेकी थिइन । सोही जवाफमा मन्त्री आलेले मंगलबार यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन । 
बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगानी गर्नुभन्दा अघि नै कहाँ विमानस्थल बनाउन हुन्छ, कहाँ हुन्न भन्नेमा यकिन गरेर मात्र काम थाल्न तथा निर्माणमा देखिदै आएको ढिलासुस्ती, वेवास्ता, गुणस्तरहित र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिए । भैरहवा विमानस्थलको टर्मिनल निर्माण चित्तबुझदो नभएको,  काममा लापरबाही भएको, पूर्वाधार निर्माण गर्दा दीर्घकालसम्म पर्ने प्रभावमा ध्यान दिन आवश्यक देखिएको भन्दै उनले निजगढ विमानस्थलको काम किन ढिलासुस्ती भएको र कसले काम हुन नदिए भन्ने बारेमा समेत मन्त्रीलाई प्रस्न गरेका थिए ।
सो समितिमा बोल्ने सदस्यहरुले निर्देशन कार्यान्वयनमा ध्यान पु¥याउन, नेपाल वायुसेवा निगमलाई दीर्घजीवी तुल्याउन, निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थलका कामलाई तीव्रता दिन मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो औंल्याएका थिए । 
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले गौतमबुद्ध विमानस्थलमा नियमित विद्युत् आपूर्तिको सुनिश्चिता गर्ने तथा अन्य कमीकमजोरीमा सुधार गरी यथाशिघ्र विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।