logo

सरकारसँग होटल संघको सात बुँदे माग, पर्यटन काज विदा कार्यान्वयन गर्न जोड

    1348   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार – होटल संघ नेपाल (हान)ले पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई भेटेरे सरकारसँग सात बुँदे मागपत्र पेश गरेको छ । 
संघले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न विभागलाई आग्रह गरेको छ ।  सो अवसरमा हानकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायहरुसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गरेकी हुन् ।
हानले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने, वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहल कदमीका लागि आग्रह गरेको छ ।
पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्ने उल्लेख गरेको छ । पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने, पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने, आधिकारिक सूचनाहरु पर्यटन विभागको वेबसाइटमा राखिनुपर्ने र तथ्यांकहरु आदान प्रदानमा सहज पनि हुने उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।