logo

कतार र जजिरा एयरले राति १२ बजेपछि उडान भर्न प्राधिकरणसँग माग्यो अनुमति

    1326   पटक पढिएको

२७ मंसिर/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि नियमित व्यावसायिक उडान भर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले चासो देखाउँदै सरकारसँग अनुमति मागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कतार एयरवेज र जजिरा एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछिको उडानका लागि आवश्यक स्लट उपलब्ध गराउन अनुमति मागेको हो ।
प्राधिकरणले दिएको जानकारीअनुसार कतार एयरवेजले राति १ बजे नेपाल आएर २.३० मा उडान भर्ने गरी अनुमति मागेको छ । यसैगरी, जजिरा एयरले पनि राति १ बजे आएर २ बजे उडान भर्नका लागि आवश्यक स्लट उपलब्ध गराउन प्राधिकरणसँग यस्तो अनुरोध गरी पत्र पठाएको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
यी दुवै एयरलाइन्सले यही डिसेम्बरदेखि राति दैनिक एक÷एक उडानका लागि आवश्यक अनुमति माग गरिएको भए पनि हालसम्म कुनै निर्णय हुन नसकेको प्राधिकरणले जनाएको छ । रात्रिकालीन उडानका लागि यी दुई एयरलाइन्ससहित नेपाल वायुसेवा निगमले पनि आवश्यक तयारी गरिरहेको जनाएको छ । निगमले कहिलेदेखि अनुमति माग्छ भन्ने यकिन जानकारी नभए पनि तयारी थालेको र नेपाल वायुसेवा निगमसहित अन्य दुईवटाले पनि राति उडान गर्ने इच्छा देखाएको जनाएको छ । यद्यपि, ती वायुसेवाहरूले भने हालसम्म स्लटका लागि अनुमति मागिसकेको छैन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।