logo

श्री एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुग्यो

    1749   पटक पढिएको

१९ असोज / अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टयाक्सी वे बाट श्री एयरलाइन्सको विमान चिप्लिएर घाँसेमैदानतिर पुगेको छ । काठमाठौबाट नेपालगञ्जका लागि उड्न लागेको ‘९एनएएनएफ कल साइन’ भएको क्यु४००–८ विमान धावनमार्गको ट्याक्सी वेबाट चिप्लिएर घाँसै मैदानतिर पुगेको हो । सो विमान धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको विमानस्थल कार्यालउले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार विमान धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । सो विमानमा र यात्रुहरुलार्इृ खासै क्षति भएको छैन । पांग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । 
सो विमानका यात्रुलाई अर्को विमान मार्फत गन्तब्यमा पठाउने तयारी गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । सो विमानमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए । 
काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको सो विमानमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ । विमान स्टार्ट गरेर अघि बढाउने क्रममा धावनमार्गको ट्याक्सी वेबाट घाँसे मैदानतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानस्थलबाट  प्राप्त तस्बिरमा सो विमान धावनमार्गको ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो । सो विमान महिला चालक महेश्वरी डंगोलले उडान लागेकी थिइन् । चालक दलका सदस्य सहित करिब ८० जना सवार सो विमान उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको थियो । त्यसपछि अर्को विमानमा सो विमानका यात्रुलाई पठाउने तयारी भइरहेको विमानस्थल कार्यालेले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।