logo

गंभिर दुर्घटनाबाट बच्यो बुद्ध एयरको विमान 

विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको विमानमा के भएको थियो ? , सामान्य अवतरण : बुद्ध एयर 

    996   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।सुरक्षित  अवतरण गराउन काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको सो विमान केहीबेर अघि अवतरण भएको हो । विमान सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ । सकुशल अवतरण गराईएकाले धन्न गम्भिर दुर्घटनाबाट बच्यो बुद्धको विमान । नत्र सोमबार विश्व पर्यटन दिवसको दिन ठुलो मनवीय क्षेती हुने थियो । 
‘विमान विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपछि विमानलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार विमानमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सो विमानको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।
‘विमानमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले विमान तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य ग¥यो’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उडड्यन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ विमानलाई ‘नर्मल’ अतवरण गराइयो ।’ 
सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको नाइन एन–एएनआई कलसाइन भएको र उडान संख्या यु ४ ७०१ मा ६८ जनायात्रु, दुई बच्चा २ र ३ जना चालक दलका सदस्य गरि ७३ जना यात्रुरहेको बुद्ध एयरले जानकारी दिएको छ । 
सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमानलाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् । अन्यथा इन्धन सकेर फोर्स ल्याण्डिङको विकल्प थिएन । यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि विमानभित्र रुवाबासी चलेको उनीहरूले सुनाए ।
सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’सो विमानमा सवार अर्का यात्रु अनमोल प्रधानले पनि विमानभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘विमानमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।