logo

साउनदेखि इन्टरनेट तथा दुरसंचार सेवाको शुल्क बढ्ने

    1601   पटक पढिएको


१३ आषाढ/अर्थ र व्यापार –सरकारले आउँदो साउन १ गतेदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्।
सरकारले आगामी वर्षदेखि इन्टरनेट तथा दुरसंचार सेवामा सेवा शुल्क लगाउने भन्दै आर्थिक विध्येकमा व्यवस्था गरेको छ। 
कर थप गरेपछि सेवाप्रदायकहरुले त्यसको भार उपभोक्तालाई बोकाउनेगरी हालको शुल्कमा सोही दरले बढाउने तयारी गरेका छन्। सरकारले कर बढाएको र शुल्क भन्दा पनि त्यही करलाई अहिलेको मूल्यमा थप गरिने सेवाप्रदायकहरुले जानकारी जानकारी दिए। निजी देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले शुल्क बढाउने आन्तरिक तयारीमा छन्।
यसअघि भ्वाइस कलमा यस्तो शुल्क ४ प्रतिशत मात्र लाग्थ्यो अवदेखि उक्त दर बढेर १३ भएको छ भने दायरा विस्तार भएर इन्टरनेट सेवाप्रदायकले पनि यही तिर्नुपर्ने छ।
इन्टरनेट सेवाप्रदायकहरुको कर्पोरेट ट्याक्स पनि बढेको, सेवा शुल्क पनि लगाएकोले शुल्क १३ प्रतिशत बढ्नसक्ने सेवा प्रदायकहरुको भनाइ छ।
व्यवासयीहरुले सरकारसँग सेवा शुल्क नलगाउन आग्रह पनि गरेका थिए। उनीहरुले प्रविधिको पहुँच सबैतिर विस्तार गर्न अझै सस्तो बनाउनुपर्ने समयमा उल्टो कर लगाएर मूल्य बढाउँदा डिजिटल गभर्ननेन्सको लक्ष्य पुरा नहुने अर्थमन्त्रीसमक्ष धारणा राखेका थिए।
तर अर्थमन्त्रीले सेवाको दायरा विस्तार गरेर देशव्यापी बनाउन पूर्वाधार निर्माण गर्न सरकारले सहयोग गर्ने तर लगाएको शुल्क फिर्ता नहुने जवाफ दिएका थिए। उनले दुरसंचारको समिकरण फेरिएर अहिले इन्टरनेटमा आधारित सेवा बढीरहेको समयमा विगतको जस्तै शुल्क नै नलगाउने अवस्था अब नरहेको जवाफ दिएका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।