logo

गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन तयारी

    1224   पटक पढिएको


१७ पुस / अर्थ र व्यापार - गोरखा। रगतको अभावमा परेका बिरामीलाई सेवा दिनका लागि गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन गर्ने तयारी गरिएको छ । बेल्जियम रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्ला अस्पताल गोरखासँगको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने मेसिन ल्याइने केन्द्रीय रक्तसञ्चार केन्द्रका लेखा अधिकृत ईश्वरी पन्तले बताउनुभयो । साथै बेल्जियम रेडक्रसकै सहयोगमा करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि भवन निर्माण गर्ने तयारी गरिएको पन्तले बताउनुभयो ।

रक्तसञ्चार केन्द्र स्थापनाका लागि आफ्नै भवन निर्माण नहुञ्जेलसम्म अस्थायीरुपमा जिल्ला शिक्षा कार्यालयको पुरानो भवनको भुइँतलामा राख्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भगवानबाबु मास्केले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र स्थापनाका लागि आज सदरमुकाममा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिक्षा कार्यालयको खाली भवनमा रक्तसञ्चार केन्द्रका सामग्री राखेर त्यहीबाट सेवा आरम्भ गर्ने सहमति भएको जानकारी दिनुभयो ।

केही वर्षअघिदेखि गोरखा अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रमा धेरै मात्रामा रगत राख्न नसकिने हुँदा यसले उपलब्ध गराउने सेवा कमजोर छ । अस्पतालका प्रमुख श्रीराम तिवारीले अत्याधुनिक सेवासहित रक्तसञ्चार केन्द्र खोल्नुपर्ने सुझाव दिनुभयो । यस्तै अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या आएको छ । यस्तै सरकारले स्थानीय तहमा २५ शय्या क्षमताका अस्पताल सञ्चालन गर्ने तयारी गरेकाले सदरमुकाममा सञ्चालन गरिने रक्तसञ्चार केन्द्रले सबै स्थानीय तहका अस्पताललाई सेवा दिने सरोकारवालाको अपेक्षा छ ।

रेडक्रसले सरकारी, गैरसरकारी कार्यालय, स्थानीय तह र उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका सरोकारवालासँग रक्तसञ्चार केन्द्र सञ्चालन गर्नेबारे जानकारी गराएको थियो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।