logo

बुधबार सेयर बजार ९.७८ अंकले बढ्यो

    1306   पटक पढिएको

२१ असार / अर्थ र व्यापार –  केहि दिनदेखि स्थिरजस्तो देखिएको शेयर बजारमा बुधबार भने करिब १० अंकको वृद्धि देखिएको छ । ब्रोकर कमिसनमा पनि मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने र चालु आर्थिक वर्षको अन्त्यको दोहोरो चेपुवामा परेकाले सुचक घटेको थियो । यद्यपी कारोबार रकम भने बढ्न सकेको छैन् ।

अघिल्लो दिनको तुलनामा बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ९.७८ अंकले बढेर १५५१.०६ अंकमा उक्लिएको छ । दिनभरीमा १३८ कम्पनीका १० लाख ७९ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ४८ करोड २९ लाख रुपैयाँका सेयर किनबेच भएका छन् ।

कारोबारको सुरुवातदेखि नै स्थिरजस्तो देखिएको बजार कारोबारको अन्तिम एक घण्टामा बढेको थियो । उपसुचकहरु मिस्रित देखिएका छन् । बुधबार बीमा समूहको परिसूचक ५० अंकले बढेको छ । हाइड्रोपावर, डेभलपमेन्ट बैंक, बैंकिङ , फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः २०, १४, ९, २ र ०.८६ अंकले हरिया भएका छन् । बाँकी होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ६ र ३ अंकले घटेका छन् ।

आज सबैभन्दा बढि आरएमडिसी लघुवित्तका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन् भने वर्ल्ड मर्चेन्ट बैंकिङका शेयरधनीले सबैभन्दा बढि करिब पाँच प्रतिशत गुमाएका छन् । त्यस्तै, सबैभन्दा बढी रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ६ दशमलब ६२ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।