logo

बिहीबार सेयर बजार ३१.०५ अंकले बढ्यो

    1305   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – साउन महिना नजिकिँदै  गर्दा सेयरबजारमा हरियाली छाएको छ । साताको अन्तिम दिनको कारोबारमा सेयरबजार ३१ अंकले उकालो लागको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि ५८ प्रतिशतले बढेकोे छ ।

बिहीबार नेप्से ३१.०५ अंकले बढेर १५८२.११ अंकमा पुगेको छ । कारोबार खुलेदेखि नै निरन्तर उकालो लागेको नेप्से दुई प्रतिशतले बढेको हो । कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । बुधबारको तुलनामा कारोबार रकम २८ करोडले बढी हो । बुधबारको कारोबारको तुलनामा विहीबार कारोबार रकम ५८ प्रतिशतले बढेको छ । 

चुनाबी खर्च र आर्थिक बर्ष सकिनै लाग्दा सरकारी खर्च समेत बढ्न थाल्दा वित्तीय प्रणालीमा तरलताको अवस्था सहज हुँदा यसको प्रभाव सेयर बजारमा देखिएको छ । असार मसान्त सकिदै गर्दा बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुले साँवा तथा कर्जाको ब्याज तिर्ने रकम जोहो गरिसकेकाले पनि सेयर कारोबार बढोत्तरी आएको हो ।

अर्कातर्फ नयाँ आर्थिक बर्षका लागि आउने मौद्रिक नीतिप्रति लगानीकर्ताको सकारात्मक अपेक्षासँगै सूचिकृत कम्पनीले चौथो त्रैमासमा उच्च नाफा सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने आँकलनले पनि लगानीकर्ताले सेयर खरिद बढाएको देखिएको छ । अर्कातर्फ केही साता यताबाट निरन्तर घटेको बजारमा राम्रा कम्पनीको सेयरहरु सस्तो मूल्यमा उठाएकाले पनि बजारमा उच्च वृद्धि आएको हो ।

त्यस्तै मल्टिबैकिङ क्लियरिङ सेटलमेन्टको सुरुवात र स्वचालित अनलाइन प्रणाली भदौबाटै परिक्षणमा आउने बिषयले पनि लगानीकर्ताकताको मनोबल बढ्न गएको देखिन्छ । 

विहीबार कारोबारमा आएकामध्ये सबै समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी बीमा समूहको सूचक ३१९ अंकले बढेको छ । वाणिज्य बैंक २४.५३, विकास बैंक ३९.४५, जलविद्युत २०.७४, वित्त ४.९२, उत्पादन ११.२४ र अन्य समूह ४.३४ अंकले उकालो लागेका छन ।

यसदिन नेरुडे लघुवित्तको सबैभन्दा बढी ६ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । नेपाल लाइफको ५ करोड ४९ लाख तथा सानिमा बैंकको ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

साताको अन्तिम दिनको सेयर कारोबारमा अरुण भ्याली हाइड्रोको सेयरमूल्य सबैभन्दा धेरै सात प्रतिशतले बढेका छ । यस्तै निर्धन उत्थान,नेपाल लाइफ, रिलायबल वित्तीय संस्था, सूर्य लाइफ लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

 ३१.०५ अंकले बढेको बजारमा प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै आठ प्रतिशतका दरले गुमाए । वल्र्ड मर्चेन्ट फाइनान्स, गुडविल फाइनान्स तथा जेबिल्स फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।